विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चाइना गेजुबा ग्रुप कर्पोरेशन लिमिटेड (सिजिजिसी) ले नुवाकोटस्थित ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र आगामी असोज १४ गते नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएकाे छ । ठेकेदारले निर्माण सम्पन्न भई सञ्चालनमा आएको २ वर्षपछि यो जलविद्युत केन्द्र विधिवतरूपमा प्राधिकरणलाई हस्तान्तरण गर्न लागेकाे हाे ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडलमा ठेक्का लिएको सिजिजिसीले औपचारिकरूपमा माथिल्लो त्रिशूली–३ ‘ए’ प्राधिकरणलाई दिन लागेको केन्द्र प्रमुख सुरेश राउतले बताए । ‘यो इपिसी मोडलमा निर्माण भएको पहिलो जलविद्युतगृह हो,’ उनले ऊर्जा खबरसँग भने, ‘सञ्चालनमा आएको २ वर्षपछि अब प्राधिकरणले यसको स्वामित्व लिँदैछ ।’

गेजुबाले जलविद्युतगृह हस्तान्तरण गर्नुअघि २ वटै उत्पादन युनिटमा नयाँ उपकरण जडान गरेको पनि उनले बताए । प्राधिकरणलाई समस्यारहित चालू अवस्थाको जलविद्युत केन्द्र हस्तान्त्रण गर्नुपर्ने भएकाले २ वटै उत्पादन युनिटमा नयाँ उपकरण राखिएको उनले बताए ।

‘उपकरणहरूको बारेन्टीको समय बाँकी नै थियो । परामर्शदाताको परामर्शअनुसार नै स्वामित्वमा लिनुअघि बालुवाले खिएका सबै उपकरण बदलेर नयाँ उपकरण राखिएको हो’ उनले भने । जलविद्युत केन्द्रमा ३०/३० मेगावाटका २ वटा उत्पादन युनिट छन् ।

दोस्रो युनिटको उपकरण जडान भई परीक्षण पूरा गरेर सञ्चालनमा आइसकेको छ । पहिलो युनिटको उपकरण बदली भई अहिले परीक्षण चलिरहेको छ । बिहीबार साँझसम्ममा पहिलो युनिट पनि प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको राउतले जानकारी दिए ।

प्रसारण प्रणालीमा जोड्नुअघि १४ प्रकारको परीक्षण गर्नुपर्नेमा ३ प्रकारको परीक्षण सकिएको उनले बताए । नयाँ उपकरण जडान गरिएकाले जलविद्युतगृहको उत्पादन सुचारु गराउन समय लागेको उनका भनाइ छ ।

प्राधिकरणले जलविद्युत केन्द्र जिम्मा लिनुअघि १२ दिन उत्पादन बन्द गरेर संरचनामा कुनै समस्या भए/नभएको परीक्षण पनि गरिएको थियो । यसबिचमा २ वटै टर्बाइन बदली गर्नुपरेकाले विगत ५१ दिनदेखि यो जलविद्युतगृह पूर्ण क्षमतामा चल्न सकेको छैन ।

जलविद्युत केन्द्रले २०७६ जेठ २ गते पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु गरेको थियो । २०७६ साउन १४ गते दोस्रो युनिटबाट परीक्षण उत्पादन सुरु गरिएको थियो । यही साल मंसिर २ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो । 

यो जलविद्युत केन्द्रले गत आर्थिक वर्षसम्ममा ७४० गिगावाट घन्टा विद्युत उत्पादन गरिसकेको छ । चिनियाँ एक्जिम बैंकको ऋण लगानीमा यो जलविद्युत केन्द्र इपिसी मोडलमा निर्माण भएको हो । जलविद्युत केन्द्रले वर्षको ९ महिना पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छ । उत्पादन भएको विद्युत २२० केभी काठमाडौं–त्रिशूली प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit