विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि विनियोजित विधेयक तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै प्रदेशहरूले पनि आफ्ना योजना सार्वजनिक गर्न थालेका छन् । यसै सन्दर्भमा गण्डकी प्रदेशले नयाँ आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशले आफ्ना कार्यक्रममा जलाशययुक्त १२०० मेगावाटको बूढीगण्डकी र ८२८ मेगावाटको उत्तरगंगा निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेशको कार्यक्रम अनुसार संघसँगको साझेदारीमा यी आयोजनाहरू निर्माण अघि बढाउने उल्लेख छ । संघिय सरकारले पनि बूढीगण्डकीसँगै पश्चिम सेती, तल्लो अरुण, सेती–६ लगायतका जलाशययुक्त आयाेजनालाइ प्राथमिकतामा राखेकाे छ ।

कार्यक्रममा प्रदेश समृद्धिमा टेवा पुर्याउने गरी बहुउदेश्यीय (ऊर्जा, सिँचाइ) जलविद्युत आयोजनामा लगानी केन्द्रीत गर्ने, प्रदेशकाे आयमा सहयोग पुग्ने गरी विद्युत आयोजनामा लगानी गर्ने नीति अवलम्बन गरिने योजना ल्याइएको छ ।

यस्तै, आउँदो वर्षको बजेटमार्फत लघुजलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युतलाई केन्द्रीय प्रणालीमा जोड्ने, एलपी ग्यासलाई प्रतिस्थापन गर्न उद्योग तथा ग्रार्हस्थ क्षेत्रमा विद्युत खपत बढाउने र विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिनेछ । 

खानेपानीतर्फ प्रदेशका सबै घरपरिवालरलाई आधारभूत खानेपानीको सेवा प्रदान गर्न ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई आगामी वर्षभित्र सबैमा खानेपानीको पहुँच पुर्याउने, लिफ्टिङ्ग खानेपानीमा लाग्ने विद्युत महसुलमा सहुलियत उपलब्ध गराउने कार्यक्रममा राखिएको छ ।

बृहत सिँचाइ गुरुयोजना निर्माण गरी कृषियोग्य जमिनलाई सिँचाइ सुविधा (लिफ्टिङ्ग सिँचाइ, भूमिगत सिँचाइ, नहर–कुलो सिँचाइ) को व्यवस्था गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३