विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

मनाङ । निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।

भेलामा बोल्दै सांसद गुरुङले भने, ‘मनाङ प्राकृतिक सम्पदाको भण्डार हो, यहॉ जलविद्युत् बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना छ, जलविद्युत् आयोजनाले यसमा सहयोग पुग्नेछ ।’ १३५ मेगावाटको आयोजना निर्माण बिना अवरोध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको उनले बताए ।

यस आयोजनाले मनाङवासीका लागि कोभिड–१९ को बेला र बाढीपहिरोको समयमा सहयोग गरेको र हालै मात्र बेँसीसहर–चामे सडकको स्तारोन्नति गरिरहेको जनाएको छ । आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो स्थानहरुमा विस्तार सुरु गरेको छ ।

सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीका पाँच प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३