विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा भएको छ । रसुवागढी हाइड्रो पावर कम्पनीले जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को सिमाना हुँदै बहने भोटेकोसी नदीमा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको सबै क्षेत्रको काम द्रुत गतिमा अघि बढेको कम्पनीले जनाएको छ । आयोजनाको सबै काम पूरा गरी आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

आयोजनाबाट असारभित्र निर्माण पूरा गरी उत्पादन सुरु गर्ने लक्ष्य थियो । इलेक्ट्रो मेकानिकल अन्तर्गत टर्वाइन साफ्ट र जेनेरेटर साफ्टको जडान कार्य पूर्व तालिका भन्दा ढिला हुन गएकोले उत्पादन तालिका प्रभावित भएको हो ।

टर्वाइन साफ्ट र जेनेरेटर साफ्ट समस्या आई परिक्षणको लागि भारत लगिएको र परीक्षण पश्चात ९ मे २०२३ मा साइटमा आइपुगेकोले जडान तालिका प्रभावित भएको कम्पनीले जनाएको छ ।

अहिले तिव्र गतिमा अघि बढेको आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ । कोरोनाकालमा इलेक्ट्रो मेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।

यस्तै, हाइड्रो मेकानिकलतर्फको उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइनाले गरिरहेको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन  सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प,  नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा  फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले  जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार  आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवत/जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०८० असोजभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

यस्तै आयोजनाको विद्युत जोडिने प्रसारण लाइनको ठेक्का एमएस रोयल कन्स्ट्रक्सन कम्पनी गरिरहेको छ । यसअघि ठेक्का पाएको मुडभरी एण्ड जोशी प्रालिले विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएको हुँदा ठेक्का अन्त्य गरिएको हो ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : रसुवागढी जलविद्युत आयोजना

प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड

आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका

क्षमता : १११ मेगावाट

इलेक्ट्रो मेकानिकल ठेक्का : भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि

सिभिल तथा हाइड्रो मेकानिकल : चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइना

प्रसारण लाइन : एमएस रोयल कन्स्ट्रक्सन कम्पनी (मुडभरी एण्ड जोशी प्रालिसँग ठेक्का रद्द)

लागत : सुरुकाे १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ, संशोधित–१७ अर्ब १ करोड रुपैयाँ

उत्पादन तालिका : २०८० असोज

वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ६८ लाख ७५ हजार युनिट

वार्षिक ऊर्जा उत्पान आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ

प्रसारण लाइन : १० किलोमिटर, १३२ केभी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit