काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले ‘वातावरण तथा जलवायुमा ऊर्जा क्षेत्रकाे असर र समधान’का विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता 'ऊर्जा भण्डारण र यसको महत्त्व'का विषयमा जानकारी प्रस्तुत गरेका थियौँ ।
(क) ऊर्जा क्षेत्रबाट वातावरण र जलवायुमा परेको असर
ऊर्जा क्षेत्र जलवायु परिवर्तन र वातावरणीय प्रदूषणको सबैभन्दा ठूलो कारणहरूमध्ये एक हो । यसले हावा, पानी, र जमिनको वातावरणलाई असर गर्छ र विश्वभर उत्सर्जित हरितगृह ग्यासको ठूलो हिस्साका लागि जिम्मेवार छ । ऊर्जा क्षेत्रमा वातावरणीय र जलवायु समस्याहरु निम्नानुसार छन् :
१. हरितगृह ग्यास उत्सर्जन
- मुख्य स्रोतः बिजुली उत्पादन, पकाउने–तताउने कार्य, यन्त्र उपकरण र सवारी साधन सञ्चालनका लागि कोइला, पेट्रोलियम, र ग्यास जलाउने कार्य ।
- प्रभावः कार्बन डाइअक्साइड, मिथेन, र नाइट्रस अक्साइड जस्ता हरितगृह ग्यासको उत्सर्जन बढाउँछ, जसले पृथ्वीको तापमान बढाउँछ ।
- जलवायु जोखिमः उच्च मौसम परिवर्तन, समुद्री सतहको वृद्धि, र वर्षाको ढाँचामा परिवर्तन ।
२. वायु प्रदूषण
- उत्सर्जनः सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड र वायुमा नाङ्गो आँखाले देख्न नसकिने तरल वा ठोस कणको मिश्रण (पार्टिकुलेट म्याटर) ।
- स्वास्थ्य प्रभावः श्वासप्रश्वास सम्बन्धी रोग, मुटु रोग र असामयिक निधन ।
- स्रोत: थर्मल पावर प्लान्ट, डिजेल जेनेरेटरहरू, औद्योगिक इन्धन दहन ।
३. जल प्रदूषण
- थर्मल पावर प्लान्टहरू चिस्याउन अत्यधिक मात्रामा पानी आवश्यक पर्छ ।
- जलविद्युत् उत्पादनले नदीको जीवन प्रणालीमा क्षति, माछाको आवागमनमा अवरोध र पानीको गुणस्तरमा असर गर्छ ।
- तेल र ग्यास उत्पादन तथा चुहावटले जलस्रोत प्रदूषित बनाउँछ ।
४. भूमिको क्षय र वासस्थानमा क्षति
- खनिज उत्खनन्: कोइला, पेट्रोलियम तथा युरेनियम उत्खननले वातावरण र पारिस्थितिक प्रणालीमा क्षति पुर्याउँछ ।
- पूर्वाधार विकासः बाटो, पाइपलाइन, र विद्युतीय प्रसारण लाइनले वन्यजन्तुको बासस्थान टुक्र्याउँछ ।
- नवीकरणीय ऊर्जाः ठूला सौर्य र वायु ऊर्जा केन्द्र स्थापना गर्दा भूमिको उपयोगमा असर पार्न सक्छ ।
५. जलवायु जोखिम
- विपत्: भीषण वर्षा, बाढी, अत्यधिक गर्मी, खडेरी, खण्डवृष्टी, हिमगलनमा वृद्धि, आँधी जस्ता विपत् निम्त्याई पूर्वाधार नष्ट गर्छ ।
- मौसम प्रणालीमा उच्च परिवर्तन
६. समाधान र न्यूनीकरणका उपाय
(क) स्वच्छ ऊर्जातर्फ रूपान्तरण
- जीवाश्म (फोसिल) इन्धनबाट स्वच्छ ऊर्जामा रूपान्तरण गर्नुपर्छ ।
- सौर्य, वायु, जलविद्युत्, बायोग्यास जस्ता नवीकरणीय स्रोतहरूको प्रयोग बढाउनु पर्छ ।
(ख) ऊर्जा दक्षता
- ऊर्जाको खपत घटाउने प्रविधिको विकास र प्रयोग
- भवन, उद्योग, र यातायात क्षेत्रमा ऊर्जा खेर जान नदिने प्रविधिको प्रवद्र्धन
(ग) कार्बन मूल्य निर्धारण र कर
- पर्यावरणीय लागतलाई मूल्यमा समावेश गर्ने
- कार्बन कर लागू गर्ने
- कार्बन उत्सर्जन सीमा तथा व्यापार प्रणाली (क्याप एण्ड ट्रेड सिस्टम) अपनाउने ।
(घ) प्रकृतिमा आधारित समाधानहरू
- पारिस्थितिक प्रणालीको पुनर्स्थापनामा सहयोग हुने किसिमका हरित ऊर्जाको उत्पादन र खपतमा विस्तार गर्ने
- रुख रोप्ने, फोहर जलाशय पुनर्स्थापना गरी उत्सर्जन घटाउने र जैविक विविधता जोगाउने
- दहनशील इन्धनको प्रयोग न्यूनीकरण गर्ने
(ङ) ऊर्जामा आधारित अर्थतन्त्रको सुदृढीकरण
- ऊर्जा क्षेत्रमा प्रयोग गरिएका सामग्री पुनः प्रयोग र पुनर्चक्रण
- सौर्य प्यानल, ब्याट्री, र यायु ऊर्जा प्लान्टका टर्बाइनमा प्रयोग भएका सामग्रीको पुनः उपयोग र पुनर्चक्रण गर्ने
७. रूपान्तरणका चुनौती
- कार्बन उत्सर्जन बढी गर्ने ऊर्जा स्रोतमाथिको निर्भरता : कार्बन उत्सर्जन बढी गर्ने ऊर्जा स्रोतहरू जस्तै, दाउरा, कोइला, पेट्रोलियम जस्ता जीवाश्म इन्धनमाथिको निर्भता बढी छ । यस्तो निर्भरता आर्थिक र राजनीतिक दबाबका कारण यस्तो निभर्रता तत्काल हटाउन कठिन हुने देखिन्छ ।
- न्यायपूर्ण रूपान्तरणः खनिज तथा जीवाश्म इन्धनमा आधारित रोजगार तथा जीविकोपार्जन गर्ने समुदायका मासिनलाई वैकल्पिक व्यवस्था गरी संरक्षण गर्न चुनौतीपूर्ण छ ।