विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ‘ऊर्जा ज्ञान’ विषयक जानकारीमूलक सामग्रीमा यो साता (असोज ११ गते) सौर्य ऊर्जा र यसका फाइदा तथा बेफाइदाबारे जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता जलविद्युत्‌का फाइदा र बेफाइदा बारेमा उल्लेख गरेका थियौँ ।

१. सौर्य ऊर्जा भनेको के हो ?
उत्तर : शक्तिको अति विशाल स्रोत सूर्य पनि हो किनभने सूर्यबाट पृथ्वीमा २३ हजार टेरावाट पावर आइरहेको छ । सौर्य ऊर्जा भनेको हामीले सूर्यबाट प्राप्त गर्ने शक्ति हो । यो त्यही शक्ति हो जुन बिरुवाहरूले बढ्नका लागि सूर्यबाट प्राप्त गर्छन् । सूर्यको प्रकाशलाई समेटेर यसलाई विद्युत्‌मा परिणत गर्न विशेष प्रकारको प्यानल प्रयोग गरिन्छ, जसलाई सौर्य प्यानल भनिन्छ । यो विद्युत्‌बाट बत्तीहरू, टीभीहरू र यहाँसम्म कि पूरै घरलाई पनि चलाउन सक्छ । यो सफा र नवीकरणीय ऊर्जा हो, यसको मतलब यो कहिल्यै समाप्त हुँदैन र वातावरणलाई पनि हानी पुर्‍याउँदैन ।

२. सोलार पावरको फाइदा र बेफाइदा के–के छन् ? 
उत्तर : नेपालको परिप्रेक्षमा सोलार पावर वा जलविद्युत् शक्तिमध्ये कुन बडी उपयुक्त छ ? निष्कर्ष निकाल्नुअघि सोलार पावरको फाइदा बेफाइदातर्फ पनि ध्यान जान जरुरी छ ।

(क) फाइदाहरू : 

प्रदूषणरहितः धुवाँ, ग्यास आदि केही पनि ननिस्कने हुनाले यो प्रदूषणरहित र पुनः नवीकरणीय पनि हो । 
जडान गर्न सजिलोः खेत, बारी, रुखो ठाउँ वा छतमा पनि सजिलै र छिटो जडान गर्न सकिन्छ ।
आवाज शून्यः अन्य विद्युत्गृह जस्तो यसमा कुनै प्रकारको आवाज आउँदैन । 
निःशुल्क र विशाल स्रोतः सूर्य किरणको लागि कुनै रकम तिर्नु पर्दैन र शक्तिको यो स्रोत अति नै ठूलो छ ।
खिइने मात्रा नगण्यः यसमा चलायमान पार्टपुर्जाहरू नहुने हुनाले वयर र टियर नगण्य नै हुन्छ ।
थोरै विद्युत् चाहिनेको लागि अति उपयुक्तः थोरै विद्युत् शक्ति चाहिने उपकरणहरूको लागि यो अति नै सजिलो र उपयोगी छ । उदाहरणको लागि क्याल्कुलेटर, घडी आदि । 
सस्तो हुँदै जानेः सौर्य प्यानललाई सस्तो र बढी दक्षतायुक्त बनाउन धेरै अनुसन्धान भइरहेकोले आगामी दिनहरूमा यसको मोल घट्दै गई यसको प्रयोग अझै व्यापक रूपमा हुने देखिन्छ ।

(ख) बेफाइदाहरू :

विद्युत् उत्पादनको अनिश्चितताः कुनै दिन बादल लाग्यो वा पानी पर्‍यो भने विद्युत् उत्पादन अति न्यून हुन्छ र साथै राती उत्पादन हुन सक्दैन ।
राती उपयोग गर्न ब्याट्रीको आवश्यकता: दिनमा प्राप्त विद्युत्ले ब्याट्रीलाई चार्ज गरिराख्नु पर्दछ र अनि चार्ज भइराखेको व्याट्रीबाट राती वत्ती वाल्न वा अन्य कामको लागि प्रयोग गर्न सकिन्छ । ब्याट्रीको आयू ४/५ वर्षको हुने भएकोले त्यसपछि अर्को ब्याट्री राख्नु पर्ने हुन्छ ।
फुट्ने डरः यो पातलो र साथै सजिलै टुटफुट हुन सक्ने भएकोले यसलाई सुरक्षित राख्नु पर्दछ ।
एसी पावर पाउन इन्भर्टर चाहिनेः सोलार प्यानलबाट निस्किने विद्युत् डीसी हुने भएकोले यसलाई एसीमा रूपान्तरण गर्न इनभटर राख्नु पर्दछ । घर, कलकारखाना आदिमा प्रयोग गरिने विद्युत् एसी नै हो ।
दक्षता कमः सोलार प्यानलको दक्षता २०–२५ प्रतिशतको हाराहारीमा हुन्छ भने जलविद्युत्को ९०–९५ प्रतिशतसम्म हुने गर्दछ ।
ठाउँ बढी ओगट्नेः सोलार प्यानल जडान गर्न बढी ठाउँ चाहिन्छ । उदाहरणको लागि १५० वाटको एउटा सोलार प्यानलको लागि करिव १ वर्गमिटरको (१५ दक्षताको आधारमा) क्षेत्रफल चाहिन्छ । व्यापारिक उत्पादनको लागि विभिन्न उपकरणहरू जडान, मर्मत सम्भार आदि कार्यको लागि प्रसस्त ठाउँ चाहिन्छ । मेगावाट विद्युत् निकाल्ने सोलार पावर पलान्टलाई करिब २ लाख ५० हजार वर्गमिटर (३.५ बिघा) क्षेत्रफल चाहिन्छ ।

निष्कर्ष : केही कारणले जलविद्युत् उत्पादन नहुने अवस्था आए आर्को स्रोत अर्थात सोलार पावर पलान्टबाट आंशिक रूपमा भए पनि विद्युत् आपूर्ति गर्न सकिने भएकोले ऊर्जा मिक्सको रूपमा विद्युत् विकास गर्नु राम्रो हो । यसका अतिरिक्त यी दुवैको अनुपात कति राख्ने भन्ने कुरा लोड, विद्युत् खरिद सम्झौताका शर्तहरू, विद्युत् आयात निर्यातको स्थिति आदिमा भर पर्दछ ।

बहु–वैकल्पिक प्रश्नत्तोर

१. फोटो भोल्टिक सेलले सौर्य शक्तिलाई कुन शक्तिमा रुपान्तरण गर्दछ ?
    (क) विद्युतीय शक्ति
    (ख) तापीय शक्ति
    (ग) विद्युतीय र तापीय शक्ति
    (घ) कुनै पनि होइन
उत्तर : विद्युतीय शक्ति

२. सोलार प्यानलले सबभन्दा कम सन आवर पाउने दिन कुन हो ?
    (क) डिसेम्बर १
    (ख) नबेम्बर २० 
    (ग) डिसेम्बर २२
    (घ) अक्टोबर २०
उत्तर : डिसेम्बर २२

३. इन्भर्टरले के काम गर्दछ ?
    (क) एसीबाट डीसी
    (ख) डीसीबाट एसी
    (ग) एसी भोल्टेज बढाउने 
    (घ) डीसी भोल्टेज घटाउने
उत्तर : डीसीबाट एसी

४. सोलार सिस्टमबाट चार्ज हुने ब्याट्री प्रयोग गर्दा दक्षताको दृष्टिकोणले कुन जडान गर्नु राम्रो हो ?
    (क) १२ भोल्ट डीसीको बल्ब, टीभी
    (ख) २३० भोल्ट एसीको बल्ब, टीभी
    (ग) (क) र (ख) दुबै उस्तै हो
    (घ) कुनै पनि होइन

उत्तरः १२ भोल्ट डीसीको बल्ब, टीभी

५. सोलार प्यानलले सबभन्दा बढी सन आवर पाउने दिन कुन हो ?
    (क) जुन १
    (ख) जुन २१
    (ग) जुलाई १५
    (घ) जुलाई १

उत्तर : जुन २१

६. तलको मध्ये सबभन्दा राम्रो सोलार चार्ज कन्ट्रोलर कुन हो ?
    (क) सिम्पल टाइप 
    (ख) पीडब्ल्यूपी टाइप
    (ग) एमपीपीटी टाइप 
    (घ) कुनै पनि होइन

उत्तर : एमपीपीटी टाइप

७. सोलार चार्ज कन्ट्रोलरले के काम गर्दछ ?
    (क) सोलार पावर बाट ब्याट्री चार्ज गर्दछ 
    (ख) सोलार पावर र ग्रिड पावर (एनईए) दुबैबाट ब्याट्री चार्ज गर्न सक्दछ
    (ग) ग्रिड पावर (एनईए) बाट मात्र ब्याट्री चार्ज गर्दछ
    (घ) यी कुनै पनि होइन

उत्तर : यी कुनै पनि होइन
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३