विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापस्थित ३० मेगावाटको लिखु ‘ए’ जलविद्युत आयोजना विद्युत उत्पादनका लागि तयार भएको छ । एमभी दुगड समूहको सहायक कम्पनी नुम्बर हिमालयन हाइड्रो पावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको संरचना निर्माण पूरा भई विद्युत उत्पादनका लागि तयार भएको हो ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह तथा स्वीचयार्ड लगायत सबै संरचनाको काम सम्पन्न भइसकेको प्रवद्र्धक मोतिलाल दुगडले बताए । उनका अनुसार संरचनाको काम सम्पन्न भई आयोजना विद्युत उत्पादनका लागि तयार भए पनि आफैंले बनाउनु पर्ने प्रसारण लाइनको काम बाँकी रहेकाले प्रणालीमा जोड्न सकिएको छैन ।

‘हाम्रो आयोजना विद्युत उत्पादनका लागि तयारी अवस्थामा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, हामीले नै २२० केभी न्यू खिम्ती सबस्टेसनसम्म निर्माण गर्नुपर्ने १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम सकिएको छैन । यो काम सम्पन्न गर्न अब बढीमा २ महिना लाग्ने देखिन्छ ।’

उनले निर्माणाधीन ४० किलोमिटर लामो प्रसारण लाइन पूरा भई सञ्चालनमा आएपछि मात्रै लिखु ‘ए’बाट विद्युत उत्पादन सुरु गर्न सकिने बताए । लिखु–१ देखि न्यू खिम्ती सबस्टेसनसम्म प्रसारण लाइनका ७५ वटा टावर निर्माण भइरहेका छन् ।

प्रसारण लाइनको काम अहिलेसम्ममा सम्पन्न भइसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारी र बर्खाका कारण समय लागेको उनले बताए । दुगड समूहले नै लिखु खोलामा अन्य २ जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । 

निर्माणाधीन २ आयोजनाको जडित क्षमता १३० मेगावाट छ । ७७ मेगावाटको लिखु–१ र ५२ मेगावाटको लिखु–२ आयोजना निर्माण भइरहेका छन् । लिखु–१ को ७५ प्रतिशत र लिखु–२ को ८० प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको दुगडले जानकारी दिए । 

निर्माणाधीन यी आयोजनाको काममा पनि कोरोना (कोभिड–१९) महामारीको प्रभाव परेको छ । दुगड समूहले एकै पटक वित्तीय व्यवस्थापन गरी १६० मेगावाटका ३ जलविद्युत आयोजनाको निर्माण सुरु गरेको थियो । दुगड समूहले यी ३ आयोजनामा ३२ अर्ब रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३