विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले विद्युत् प्रसारण र वितरण लाइनका विषयमा जानकारी प्रस्तुत गरेका छन् । अघिल्लो साता विद्युत् पहुँच, ऊर्जा सङ्कट र समाधानका विषयमा जानकारी प्रस्तुत गरेका थियौँ ।

(१) विद्युत् प्रसारण भनेको के हो ?

उत्तरः विद्युत् प्रसारण भनेको विद्युत् ऊर्जा उत्पादन हुने स्थान (जस्तै, विद्युत्‌गृह वा जलविद्युत् आयोजनाहरू) बाट प्रयोग हुने स्थान (घर, उद्योग, कम्पनीहरू) तर्फ विद्युत् ऊर्जा सर्नु हो ।

(२) विद्युत् प्रसारणका मुख्य प्राविधिक पक्षहरू के के हुन् ? 

उत्तर : विद्युत् प्रसारणका मुख्य प्राविधिक पक्ष निम्नानुसार छन् : 

  • उद्देश्यः कम क्षतिमा लामो दूरीमा कुशलतापूर्वक बिजुली पुर्‍याउनु । 
  • भोल्टेज स्तरः ऊर्जा ह्रास कम गर्न उच्च भोल्टेज (जस्तै, १३२ केभी, २२६ केभी, ४०० केभी) मा प्रसारण गरिन्छ ।
  • प्रसारण लाइनहरूः अधिकांश प्रसारण लाइनहरूमा ओभरहेड स्टिल पाइलोन टावर वा भूमिगत केबलहरू प्रयोग गरिन्छ । 
  • सबस्टेशनहरूः भोल्टेजस्तर परिवर्तन गर्न ।
  • ट्रान्सफर्मरहरूः भोल्टेजलाई बढाउने वा घटाउने कार्यका लागि प्रयोग गरिन्छ । 
  • एसी वा डिसीः अधिकांश प्रसारणमा अल्टरनेटिभ करेन्ट (एसी) प्रयोग गरिन्छ । धेरै लामो दूरीका लागि हाई भोल्टेज डारेक्ट करेन्ट (डिसी) प्रयोग गरिन्छ, जुन केही अवस्थामा बढी प्रभावकारी हुन्छ ।

(३) ग्रिड प्रणाली भनेको के हो ?

उत्तर : विद्युत्‌गृहहरू र उपभोग केन्द्रहरूलाई जोडेर प्रसारण लाइनहरूले बनाउने सञ्जाललाई नै ग्रिड प्रणाली भनिन्छ । यसले विद्युत् साझेदारी र विश्वसनीयता सुनिश्चित गर्छ । उदाहरणका लागि माथिल्लो तामाकोशी वा कालीगण्डकी ए विद्युत्‌गृहबाट उत्पादन भएको विद्युत् उच्च भोल्टेजका प्रसारण लाइनमार्फत काठमाडौँ वा अन्य स्थानहरूमा पठाइन्छ ।

यसले विद्युत् आपूर्तिको निरन्तरता सुनिश्चित गर्ने, विभिन्न स्रोत (जलविद्युत्, सौर्य, वायु, थर्मल, बायोमासलगायत) बाट उत्पादन भएको विद्युत् एकीकृत गर्न मद्दत गनुका साथै विभिन्न क्षेत्रहरूमा आपूर्ति र मागको सन्तुलन मिलाउन सघाउँछ ।

(६) विद्युत् वितरण भनेको के हो ?

उत्तरः विद्युत् वितरण भनेको विद्युत् प्रसारण प्रणालीबाट अन्तिम उपभोक्ताहरू जस्तै आवासीय घर, व्यवसाय, कारखाना, र खेतहरूमा विद्युत् पुर्‍याउने प्रक्रिया हो ।

(७) विद्युत् वितरणका मुख्य अङ्गहरूः

  • स्टेप–डाउन ट्रान्सफर्मरहरूः उच्च भोल्टेज विद्युत् (प्रसारणबाट आएको) लाई वितरण सबस्टेसनहरूमा कम भोल्टेज (जस्तै, ३३ केभी, ११ केभी, ४०० भोल्ट, वा २३० भोल्ट) मा रूपान्तरण गरिन्छ ।
  • वितरण लाइनहरूः ३३ केभी र ११ केभी लाइनहरूः सहर, टोल, र छिमेकसम्म विद्युत् पुर्‍याउँछन् । ४०० भोल्ट/२३० भोल्ट लाइनहरूः घर र साना पसलहरूमा सिधै विद्युत् वितरण गर्छन् ।
  • सेवा कनेक्शनहरूः पोलबाट उपभोक्ताको मुख्य स्विचबोर्ड वा मीटरसम्म अन्तिम जडान ।

(८) उपभोक्ताको भोल्टेज स्तरहरूः

  • आवासीय क्षेत्रः २३० भोल्ट (सिंगल फेज)
  • व्यावसायिक क्षेत्रः ४०० भोल्ट (थ्री फेज)
  • उद्योग (ठूला): ११ केभी वा बढी

(९) वितरण प्रणालीमा विद्युत् प्रवाहकाे रेखा

  • विद्युत् गृह → प्रसारण लाइन → सबस्टेशन → वितरण लाइन → ट्रान्सफर्मर → उपभोक्ता

जस्तै, भरतपुरको १३२/३३ केभी सबस्टेशनबाट विद्युत् ३३ केभीमा रूपान्तरण गरी विभिन्न फिडरहरू मार्फत घर र उद्योगहरूमा वितरण गरिन्छ । नेपाल विद्युत् प्राधिकरण नेपालको अधिकांश क्षेत्रमा विद्युत् वितरणको प्रमुख सेवा प्रदायक हो ।

(१०) वितरण सञ्जालमा देखिने समस्याः

  • पूर्वाधारको अभावका कारण प्राविधिक क्षति
  • ट्रान्सफर्मर वा लाइनहरूमा ओभरलोडिङ
  • अवैध कनेक्शनको कारण विद्युत् चोरी
  • ग्रामीण वा दूरदराजका स्थानमा बारम्बार विद्युत् कटौती

(११) बलियो वितरण सञ्जालको महत्त्व:

  • सबै ग्राहकलाई निरन्तर आपूर्ति सुनिश्चित गर्छ ।
  • आर्थिक विकासलाई प्रवर्द्धन गर्छ ।
  • प्रणाली क्षति घटाउने र अधिकतम दक्षता सुनिश्चित गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३