विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  २२० केभी हेटौडा-भरतपुर-बर्दघाट डबल सर्किट प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्ड पूरा हुने चरणमा पुगेको छ । निर्माण सुरु भएको १२ वर्षपछि प्रसारण लाइनको यो खण्ड सम्पन्न हुन लागेको हो ।

प्रसारण लाइनको यो खण्डको ९९ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । लामो समय स्थानीयको अहसयोग, कानुनी जटिलता, एवं ठेक्का सम्झौता रद्धलगायत कारणले निर्माण प्रभावित हुन पुगेको प्रसारण लाइन अब भने सञ्चालन हुने चरणमा पुगेको हो ।

बाँकी रहेको १ प्रतिशत काम सम्पन्न गरेर ७५ किलोमिटर लामो प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजना प्रमुख नरेशकुमार खड्काले बताए । ‘प्रसारण लाइनको रुटमा पर्ने २ सय ४४ वटा टावर ठड्याउने काम सकियो,’ उनले ऊर्जा खबरसँग भने, ‘अब २ वटा टावर मात्रै ठड्याउन बाँकी छ ।’ 

उनले दुम्कीबास क्षेत्रमा पर्ने यी टावरमा अवरोध रहेकाले काम सम्पन्न गर्न कठिनाई भइरहेको बताए । अवरोध हटाई टावर निर्माण गर्ने प्रयास भइरहेको पनि उनले बताए ।

प्रसारण लाइनको ६२.६ किलोमिटर तार तान्ने काम समेत सकिएको छ । बाँकी तार तान्ने काम पनि चाँडै सम्पन्न गरिने उनले बताए । प्रसारण लाइनको यो खण्ड असारभित्रै सञ्चालनमा ल्याउने योजना छ ।

यस्तै, प्रसारण लाइनको हेटौंडा–भरतपुर खण्डमा पनि ८८ प्रतिशत निर्माण सकिएको छ । प्रसारण लाइनको यो खण्ड आगामी पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना रहेको खड्काले जानकारी दिए । 

यो खण्डमा निर्माण हुने २ सय २६ टावरमध्ये १ सय ९९ वटाको फाउन्डेसन सकाएको छ । १ सय ३० वटा टावर खडा गरिएको छ । करिब १०.५ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भएको उनले बताए ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट गरी २ खण्डमा निर्माण भइरहेको प्रसारण लाइनको काम सन्तोषनजक नभएको भन्दै प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदारसँगको सम्झौता तोडेको थियो । सम्झौता तोडिएपछि लामो समय प्रसारण लाइनको निर्माण रोकिन पुगेको यसको निर्माण अवधि लम्बिएर ११ वर्ष पुगेको हो ।

हेटौंडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ सेन्टरल पावर ग्रिड (सिसिपिजी) ठेकेदारसँगको ठेक्का तोडिएको थियो । अहिले पनि हेटौंडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनील काम गरिरहेका छन् ।

पहिलो पटक २०६५ सालमा ठेक्का सम्झौता गरेर २०६६ सालमा प्रसारण लाइनको काम सुरु गरिएको थियो । ठेक्का सम्झौताअनुसार २०६९ मा प्रसारण लाइन सम्पन्न गर्ने तालिका थियो । प्रसारण प्रणाली दिगो र गुणस्तरीय बनाउन यो प्रसारण लाइन निर्माण भइरहेको हो । प्रसारण लाइन निर्माण गर्न विश्व बैंकले ऋण लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit