विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) ले निर्माण गर्न प्रस्ताव गरेको सितलपाटी–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन आयोजनसम्बन्धी परामर्श सेवाका ६ कम्पनी ‘संक्षिप्त सूची’ (सर्टलिष्ट) मा परेका छन् । प्राविधिक प्रस्तावका आधारमा योग्य ६ कम्पनी सूचीमा परेका हुन् । 

आरपीजीसीएलका अनुसार सूचीमा पर्ने कम्पनीहरूमा एईसीपीएल–ग्लोबल–जीपीएए संयुक्त उपक्रम (जेभी), ईआई माभेन प्रालि, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड, जेड कन्सल्ट प्रालि, मल्टी–सिल्ट–अमित जेभी र आरआईएमसी–इटेको–सितारा जेभी रहेका छन् । 

सर्टलिष्टमा परेका कम्पनीहरूको आर्थिक प्रस्ताव साउन ३० गते (१४ अगष्ट) दिउँसो १ बजे खोलिने जनाइएको छ । 

छनोट हुने कम्पनीले उक्त प्रसारण लाइन निर्माणका लागि आवश्यक डिजाइन, टावर निर्माण गर्ने स्थानहरूको पहिचान, आयोजना निर्माणको कार्यतालिका, आयोजनाको प्रस्तुतीकरण तथा लागत अनुमान तयार गरेर बुझाउनुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३