काठमाडौं । श्रम तथा व्यवस्थायजन्य सुरक्षा विभागले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको सुर्य नेपाल प्रालि लाई ‘उत्कृष्ट प्रतिष्ठान सम्मान’ बाट सम्मानित गरेको छ । विभागले बिहीबार काठमाडौंमा आयोजित समारोहमा सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेश अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गरे वापत कम्पनीलाई सम्मानित गरेको हो ।
सम्मानित पुरस्कारबाट व्यवसायजन्य सुरक्षा तथा अभ्यास गर्न प्रतिष्ठानलाई अझ जिम्मेवारी थपेको प्रालिका कारखाना प्रबन्धक सुरेश काजी श्रेष्ठले बताए । उनका अनुसार यसअघि अन्तराष्ट्रिय स्तरको उत्पादनको क्रममा सोही अनुरुपको वातावरणीय मापदण्ड पालना गरे वापत कम्पनीले वातावरण विभागबाट ‘वातावरण मैत्री उद्योग पुरस्कार’ बाट पुरस्कृत हुने अवसर प्राप्त भएको थियो ।