विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश–२ का सबै घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । प्रदेशमा पूर्ण विद्युतीकरण हुँदा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका सबै घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको सेवा पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयनमा प्रसारण तथा वितरण लाइनका संरचना निर्माण गरी यी जिल्लामा सतप्रतिशत विद्युतीकरण गरेको हो । भौगोकिरूपमा सुगम भएकाले पनि यो प्रदेशमा अन्य प्रदेशको तुलनामा चाडैं पूर्ण विद्युतीकरण गर्न सकिएको हो ।

विद्युत नपुगेका गाउँमा वितरण लाइनका संरचना विस्तार गरेर यही महिनादेखि सबै घरधुरीमा सेवा पुर्याइएको प्राधिकरण जनकपुर प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले बताए । ‘यो प्रदेशमा गत आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने योजना थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारीको असरले लाइन विस्तारको काम प्रभावित हुँदा केही ढिलो भयो । ढिलै भए पनि प्रदेशलाई टुकीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त गराएर विद्युतको उज्यालो दिन सक्यौं ।’ 

उनले सबै जनतामा विद्युतको पहुँच पुर्याउन सक्नु प्राधिकरणका लागि ठूलो सफलता भएको बताए । उनले प्रादेशिक कार्यालयले प्रदेशको पूर्ण विद्युतीकरणको योजनालाई मुख्य लक्ष्य बनाएर काम गरिएकाले यो सफलता मिलेको बताए ।

 प्रदेश अन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने ग्राहक करिब १० लाख छन् । हालै विद्युतीकरण भएका जिल्लाको ग्राहकको नामावली थपिन बाँकी रहेकाले संख्या अझै बढ्ने सिंहले बताए ।

ग्राहकको संख्या थपिँदै जाँदा प्रदेशको विद्युत माग पनि ४ सय मेगावाट हाराहारीमा रहेको प्रादेशिक कार्यालयले जनाएको छ । तापक्रम बढी हुने भएकाले यहाँ जाडोमाभन्दा गर्मीमा बढी विद्युत खपत हुने गर्दछ । यो प्रदेशले प्रणालीमा उपलब्ध कूल ऊर्जाको २३ प्रतिशत विद्युत खपत गर्दछ ।

प्रदेशमा हुने विद्युत खपतबाट प्राधिकरणले वार्षिक १८ अर्ब रुपैयाँ हाराहारीमा राजश्व संकलन गर्दछ । ग्राहकको संख्या वर्षेनी बढिरहेकाले राजश्व समेत बढिरहेको छ । विद्युत चुहावट पनि २३ प्रतिशत हाराहारीमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit