विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी ब्राण्डले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । ‘सीजीले घर सजाऔं खुशीले चाड मनाऔं’ भन्ने शीर्षकको साथ उक्त योजनाका ल्याएको हो ।

सीजीले स्मार्ट घरेलु उपकरणहरूको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरू दिनेछ । सीजीको स्मार्ट घरेलु उपकरणहरू खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्नेछन् । यो पर्व सीजी ब्राण्डको कुकिंग सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागु हुनेछ । सिमित समयको लागि दिइएको यस योजना यहि भदाै २५ गते देखि नेपाल अधिराज्यभरी लागु गरिएको छ ।

यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अनगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशत सम्म छुट पाउन सक्नेछन् । यो योजनाका आर्कषणहरू र थप जानकारीका लागि क्यू आर कोड स्क्यान गर्न सक्नेछन् । 

यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुनेछ । 

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेको सीजी ब्राण्ड, देशकै नम्बर १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउंदै आएको छ । हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ । साथै, भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । 

सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो । सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ । यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit