विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले चीनको एक साता लामो औपचारिक भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । भ्रमण सकेर नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका उच्च अधिकारी र सञ्चारकर्मीहरूसँग कुरा गर्दै चीनसँग विभिन्न महत्त्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भएको बताएका हुन् । साथै नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका योजनाबारे समेत उनले जानकारी दिए ।

भ्रमणका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ ।’

चीन भ्रमणका प्रमुख उपलब्धि

मन्त्री खड्काले साङ्घाई सहयोग संगठन (एससिओ) को पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा उनले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना रहेकोबारे जानकारी गराएका थिए । 

उनले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउनेमा जोड दिएको बताए । ‘ऊर्जा अब केवल व्यापारको विषय होइन,’ उनले भने, ‘यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो, नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ।’

समृद्धिको साझा लक्ष्य

भ्रमणका दौरान, मन्त्री खड्काले चीनका ऊर्जा प्रमुख वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल र चीनबीच ऊर्जा सुरक्षाको क्षेत्रमा दीर्घकालीन सहकार्यको संभावना र प्रविधि हस्तान्तरणका बारेमा छलफल भएको थियो । मन्त्री खड्काले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासका क्षेत्रमा चीनसँग सहकार्यको अपेक्षा रहेको समेत बताए ।

लगानी आह्वान

भ्रमणको क्रममा मन्त्री खड्काले चीनमा रहेका नेपाली समुदायलाई नेपालको ऊर्जा क्षेत्र र अन्य क्षेत्रहरूमा लगानी गर्न आग्रह गरेका थिए । ‘नेपाल अब ऊर्जा क्षेत्रको दृषटिकोनमा एक कदम अघि बढिसकेको छ,’ उनले भनेका थिए, ‘सरकारले लगानीको वातावरण बनाउन थप पहल गरेको छ ।’

नेपालमा लगानीको वातावरण सृजना गर्ने उद्देश्यले, मन्त्री खड्काले चीनमा आयोजित ट्रेड फेस्टमा पनि सहभागिता जनाए । उक्त कार्यक्रममा नेपालमा लगानी गर्न सुधार गरिएका वातावरण र विभिन्न पहलहरूको बारे चर्चा गरे ।

उनले नेपाल सरकारको दृष्टिकोण र नीतिहरूलाई उजागर गर्दै जलस्रोत र ऊर्जा क्षेत्रमा नेपाललाई समृद्ध बनाउने योजना प्रस्तुत गरेका थिए ।

चीन भ्रमण सकेर नेपाल आएका मन्त्री खड्कालाई स्वागत गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा, मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडी, मन्त्रालयका सहसचिव लगायत उच्च पदस्थ अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३