विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य सुरु गरेको छ । प्राधिकरण भरतपुर वितरण केन्द्रले ‘राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना’ अन्तर्गत मंगलबारदेखि महानगर भरी सडक बत्ती जडान कार्य सुरु गरेको हो । 

महानगरसँगको सहकार्यमा करिब २ हजार सडक बत्ती जडान गर्न सुरु भएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार ‘उज्यालो सहर अभियान’ मार्फत महानगरमा रातको समयमा यात्रु र सवारी साधनको आवत जावत सहज बनाउन सडक बत्ती जडान सुरु भएको हो ।

महानगरको शुक्रनगरमा विद्युतीय पोल खडा गरी स्मार्ट सडक बत्ती जडान गर्ने कार्यको शुभारम्भ गरिएको छ । महानगरकी प्रमुख रेणु दाहालले मंगलबार स्मार्ट सडक बत्ती जडान कार्यको शुभारम्भ गरेकी हुन् । 

भरतपुर महानगरका ८ वटा रुटको ८० किलोमिटर सडकमा १ हजार ९ सय ३३ वटा स्मार्ट सडक बत्ती जडान गर्ने प्राधिकरणको योजना छ । हाकिम चोक–गितानगर–जगतपुर सडक खण्डको १८.४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् ।

चौबिसकोटी देखि मेघौलीसम्म २३.८ किलोटिमर सडकखण्डमा ५६५, मंगलपुरदेखि शुक्रनगर खण्डको २२.१३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोक देखि दियालो बंगलासम्मको २.४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडक बत्ती जडान हुने जानकारी वितरण केन्द्रले दिएको छ । 

यस्तै, दियालोबंगलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७.८६ किलोमिटर सडक खण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २.१७ किलोमिटर सडक खण्डमा ५० र विरेन्द्र क्याम्पस चोकदेखि बिशालचोकसम्मको १.२६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

आयोजना सम्पन्न गर्न ११ करोड ४९ लाख ८९ हजार रुपैयाँ लाग्ने अनुमान छ । स्मार्ट सडक बत्ती जडानका लागि  प्राधिकरण र महानगरले संयुक्तरूपमा लगानी गरेका छन् । महानगरमा स्मार्ट सडक बत्ती जडानको ठेक्का सेफ स्टील , सुर्योदय ऊर्जा र टफसन जेभी पाएका छन् । सडक बत्ती जडानको काम आगामी बैशाखभित्र पूरा गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit