विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चीनले विद्युत उत्पादनमा कोइलामाथिको  निर्भरता कम गर्न मरुभूमि क्षेत्रमा नवीकरणीय ऊर्जाका विद्युत आयोजना निर्माण गर्ने भएको छ । चीनले गोबीसहित विभिन्न मरुभूमिमा साढे ४ लाख मेगावाटका सौर्य तथा वायु ऊर्जाका विद्युत आयोजना निर्माण गर्न लागेको हो ।

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न निर्धारण गरिएको लक्ष्य भेट्टाउनका लागि नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत उत्पादन बढाउन मरुभूमि क्षेत्रमा सौर्य र वायु ऊर्जाका आयोजना बनाउन काम गरिरहेको चीनको सरकारी योजनाकारको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

सन् २०३० भित्र सौर्य र वायु ऊर्जाको स्रोतबाट १२ लाख मेगावाट विद्युत उत्पादन गरी कार्बन उत्सर्जन कम गर्दै लैजाने चीनको योजना छ । सोही योजनाअनुसारको लक्ष्य पूरा गर्न सौर्य र वायु ऊर्जा प्रविधि जडान गर्न मरुभूमि क्षेत्रको पनि उपयोग गर्न लागिएको समाचारमा जनाइएको छ ।

‘हामी गोबी र अन्य मरुभूमि क्षेत्रमा सौर्य र वायु ऊर्जाका सबैभन्दा ठूलो आयोजना निर्माण गर्न योजनामा काम गरिरहेको छौं’ त्यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगका निर्देशक हे लिफेंगले भने । उनले ठूलो परिमाणमा नवीकरणीय ऊर्जा ग्रिडमा जोड्दा त्यसको दीगो सञ्चालनका लागि कोइलामा आधारित थर्मल प्लान्ट र उच्च क्षमताको प्रसारण लाइन पनि आवश्यक पर्ने बताए ।

मरुभूमि क्षेत्रमा अहिले पनि १ लाख मेगावाटका सौर्य विद्युत आयोजना निर्माणमा गइसकेको समाचारमा जनाइएको छ । सन् २०२१ सम्मको तथ्यांकअनुसार चीनको सौर्य विद्युतको जडित क्षमता ३ लाख ६ हजार ५ सय ० मेगावाट छ । वायु ऊर्जाको जडित क्षमता पनि ३ लाख २८ हजार मेगावाट पुगेको थियो ।

सन् २०२१ मा मात्रै सौर्य ऊर्जाबाट ५५ हजार मेगावा र वायु ऊर्जाबाट ४७ हजार ६ सय मेगावाट गरी कूल १ लाख २ हजार ५ सय मेगावाट विद्युत आफ्नो ग्रीडमा थपेको थियो । अहिलेसम्म सौर्य र वायु ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता ६ लाख ३५ हजार मेगावाट बढी छ । यो प्रणालीमा उपलब्ध कूल ऊर्जाको २६.७ प्रतिशत हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit