विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । छिमेकी देश भारतले अबको एक दशकमा २२ हजार मेगावाट बढी परमाणु ऊर्जा उत्पादन गर्ने भएको छ । भारतले सन् २०३१ सम्ममा हालको ६ हजार ७ सय ८० मेगावाट क्षमतालाई बढाएर २२ हजार ४ सय ८० मेगावाट पुर्याउने भएको हो ।

कार्बन उत्सर्जनलाई शून्यमा झार्ने महत्त्वकांक्षी लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जा सँगसँगै परमाणु ऊर्जा उत्पादनमा पनि लगानी बढाउँदै लगेको त्यहाँका अन्तरिक्ष तथा आणविक ऊर्जा विभाग मन्त्री जितेन्द्र सिंहको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले अहिले भारतको आणविक ऊर्जाबाट उत्पादित ६ हजार ७ सय ८० मेगावाट विद्युत प्रसारण प्रणालीमा रहेको र यो कूल  जडित क्षमताको ३.१ प्रतिशत रहेको बताए ।

अहिले निर्माणाधीन, प्रस्तावित तथा भविश्यमा थपिने परमाणु ऊर्जाका आयोजनाबाट लक्षित योजना पूरा गरिने समाचारमा जनाइएको छ । मन्त्री सिंहले परमाणु ऊर्जाका १० वटा आणविक भट्टी निर्माणका लागि प्रशासनिक तथा आर्थिक स्वीकृति दिइसकेको बताए ।

स्वीकृत भइसकेका यी १० आणविक भट्टीबाट उत्पादन हुने विद्युतको जडित क्षमता ७ हजार मेगावाट छ । यी १० सहित योजनामा रहेका सबै आणविक ऊर्जा उत्पादनका आयोजना सन् ३०३१ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

सौर्य र वायु ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत वितरण प्रणालीलाई परमाणु ऊर्जाले स्थायित्व दिने भारतको दाबी छ । सौर्य र वायु ऊर्जा प्रविधिबाट जडित क्षमताअनुसारको विद्युत उत्पादन नहुँदा खपत बढाउन पनि भारत परमाणु ऊर्जाको विकल्पमा गएको हो ।

भारतले पहिले नै अमेरिका, फ्रान्स, रुस, जापानलगायत देशसँग परमाणु ऊर्जा प्रविधि तथा विज्ञता आदान–प्रदान गर्न सम्झौता गरिसकेको छ । रुसले भारतमा परमाणु इन्धन आपूर्ति गर्नुका साथै आणविक भट्टी पनि निर्माण गरेको छ । अहिले भारतमा परमाणु ऊर्जा उत्पादन गर्ने २२ वटा आणविक भट्टी सञ्चालनमा छन् । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit