विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोइलामा आधारित विद्युतमाथिको निर्भरता कम गराउन नवीकरणीय ऊर्जामा लगानी बृद्धि गरिरहेको भारतले सौर्य ऊर्जा उत्पादन करिब साढे २ सय प्रतिशत बढाएको छ । पछिल्लो ११ महिनामा सन् २०२० को तुलना आक्रमकरूपमा भारतको सौर्य ऊर्जा उत्पादन बढेको हो ।

सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा सौर्य विद्युत आयोजनाबाट उत्पादन भएको ११ हजार १ सय मेगावाट प्रसारण प्रणालीमा थपिएको त्यहाँको नवीकरणीय ऊर्जा मन्त्रालयको तथ्यांकलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सबैभन्दा बढी सौर्य विद्युत राजस्थान राज्यले प्रणालीमा जोडेको छ । रिर्पोट अनुसार यो राज्यले ३ हजार ६ सय १५ मेगावाट विद्युत यो वर्ष सौर्य ऊर्जाका स्रोतबाट उत्पादन गरेको छ ।

यसैगरी, गुजरात राज्यले १५ सय ३८ मेगावाट, र उत्तर प्रदेश राज्यले ६ सय ७४ मेगावाट विद्युत प्रणालीमा थपेको छ । ‘रुफटफ’बाट पनि २ हजार ६ सय ५ मेगावाट विद्युत प्रणालीमा आएको छ ।

‘रुफटफ’ सौर्य ऊर्जातर्फ सबैभन्दा बढी गुजरात राज्यले या वर्ष ६ सय ६० मेगावाट विद्युत उत्पादन गरेको छ । महाराष्ट्रले ५ सय ९७ मेगावाट, हरियाणाले २ सय ६६ मेगावाट र राजस्थानले २२५ मेगावाट हाराहारीमा ‘रुफटफ’बाट सौर्य विद्युत उत्पादन गरेका छन् ।

मन्त्रालयका अनुसार १ वर्षमा अहिलेसम्मकै बढी सौर्य विद्युत उत्पादन हुँदा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता १ लाख ४ हजार मेगावाट पुगेको छ । नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको कूल विद्युत जडित क्षमतामा सौर्य विद्युतको हिस्सा ४७ प्रतिशत पुगेको रिपोर्टमा जनाइएको छ ।

यस्तै, वायु ऊर्जाको स्रोतबाट उत्पादन भएको विद्युतको हिस्सा ३८ प्रतिशत छ । बायो पावरको १० प्रतिशत र जलविद्युतको हिस्सा ५ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

९ महिनामा सौर्य विद्युत आयोजनाको ७ हजार मेगावाट विद्युत प्रणालीमा जोडिएको थियो । थप २ हजार मेगावाट विद्युत पछिल्लो २ महिनामा मात्रै प्रणालीमा आएको हो । सन् २०२१ मा ११ हजार मेगावाट सौर्य विद्युत र २ हजार ८ सय मेगावाट वायु ऊर्जा उत्पादन हुने प्रक्षेपण छ । घरको छानाबाट पनि ३ हजार मेगावाट विद्युत प्रणालीमा थप्ने लक्ष्य छ । 

बढ्दो कार्बन उत्सर्जन कम गर्न तथा प्रसारण र वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउनका लागि नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्ने चुनौती भारतलाई छ । भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३