विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । छिमेकी राष्ट्र चीनले अबको करिब ४ दशकभित्र विद्युत उत्पादनमा अधिक प्रयोग भइरहेको कोइलाको खपत २० प्रतिशतभन्दा तल झार्ने भएको छ । कार्बन उत्सर्जनले पर्यावरणमा पारिरहेको असर न्युनिकरण गर्न सन् २०६० सम्ममा कूल ऊर्जा उत्पादनमा  कोइलाको खपत न्युन विन्दुमा पुर्याउने लक्ष्य निर्धारण गरेको हो ।

सन् २०३० सम्ममा चीनको कार्बन उत्सर्जन उत्कर्षमा पुग्ने र त्यसको ३० वर्षपछि क्रमशः कम हुँदै तटस्त विन्दुमा ल्याउने चीनको योजना रहेको त्यहाँको सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका विद्युतको बढ्दो माग व्यवस्थापनका लागि १ दशक अवधिसम्म कोइलाको खपत बढेर उत्कर्षमा पुग्ने र त्यसपछि नवीकरणीय ऊर्जाका स्रोतबाट हुने विद्युत उत्पादन परिमाण बढ्दै गएसँगै क्रमशः कम गर्दै लैजाने प्रक्षेपण गरिएको छ ।

चीनले सन् २०३० सम्ममा गर्ने कूल ऊर्जा खपतको २५ प्रतिशत हिस्सा मात्रै नवीकरणीय ऊर्जाले ओगट्ने र त्यसपछिका ३० वर्षमा यो हिस्सा बढाएर ८० प्रतिशत पुर्याउने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । सन् २०३० सम्ममा भने कार्बन उत्सर्जन गर्ने इन्धनको उपयोग ७५ प्रतिशत रहनेछ । यो अवधिमा नै चीन कार्बन उत्सर्जनको उत्कर्षमा पुगेको हुनेछ । 

जलविद्युत, सौर्य विद्युत, वायु ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युत परिमाण बढ्दै गएपछि भने कार्बन उत्सर्जन सन् २००५ को स्तरभन्दा ६५ प्रतिशत घट्ने प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ । यो अवधिमा सौर्य विद्युत र वायु ऊर्जाको स्रोतबाट १ अर्ब २० करोड युनिट विद्युत उत्पादन गर्न सकिने समाचारमा जनाइएको छ । 

नवीकरणीय ऊर्जाको विकासबाट कोइलाको उपयोग कम गर्ने महत्त्वकांक्षी योजना बनाएको भए पनि चीनले दर्जनौं नयाँ कोइला प्लान्टहरू निर्माण गरिरहेकाले विश्वले यसको आलोचना गरिरहेको छ । अहिले विश्व बजारमा कोइलाको मूल्यमा भएको बृद्धि तथा आपूर्तिमा परेको असरले त्यहाँ उत्पन्न ऊर्जा संकटका कारण विद्युत उत्पादन बढाउनु पर्ने चुनौती देखिएको छ । यो परिस्थितिमा चीनलाई कोइलाको खपत कम गर्न ठूलो संघर्षको सामाना गर्नुपरिरहेको छ ।

चीनको अर्थव्यवस्थाका लागि आवश्यक ऊर्जाको ६० प्रतिशत हिस्सा कोइला प्लान्टहरूबाट उत्पादन हुँदै आएको छ । कोइलाको माग बढिरहेको बेलामा यसको उपयोग घटाउने महत्त्वकांक्षी लक्ष्यलाई लिएर आर्थिक योजनाकारहरूले भने चिन्ता व्यक्त गरेका छन् । चीनले कोइलाको खपतमा नियन्त्रण गर्ने प्रयास गरे पनि अहिलेको बढ्दो माग व्यवस्थापन गर्न उपयोग बढाउनु पर्ने बाध्यता देखिन्छ ।  

समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit