काठमाडौं । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद पाण्डेले कोहलपुर नगर क्षेत्रमा छड्के निरिक्षण गरेका छन । पाण्डेले आफै स्थलमा पुगेर विभिन्न विद्युत मापन यन्त्रहरूको निरिक्षण गरेका हुन ।
समयमै रिडिङ भए/नभएको, सिलको अवस्था सहित चुहावट नियन्त्रण समेतमा निगरानी बढाउदै प्रमुख पाण्डेले आफैं स्थलगत छ्ड्के निरिक्षण सुरु गरेको कोहोलपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार केन्द्र अन्तर्गत पर्ने २० नम्बर एरियामा अचानक पाण्डेको टोलीसहित पुगी निरिक्षण सुरु गरेका थिए ।
उक्त क्षेत्रमा होटल व्यवसाय गर्ने सिंगल तथा थ्री फेजका केही ग्राहकहरूको जडित विद्युत मापन यन्त्रहरूको स्थलगत निरिक्षण गरिएको छ । निरिक्षण टोलीमा डिभिजन कार्यालयका लेखाप्रमुख गोविन्द ढकाल र प्रशासन प्रमुख गोपालप्रसाद ओझा पनि सहभागी थिए ।