विद्युत अपडेट

  • प्राधिकरण : ८७७९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३४३३४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६०४७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५८४ मे.वा.
२०८२ कार्तिक २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय छैटाैँ बैठक असार ८ र ९ गते

 काठमाडौँ । नेपाल र बंगलादेशका ऊर्जा सचिवहरूकाे छैंटाैँ बैठक आगामी असार ८ र ९ गते (जुन, २२ र २३, २०२४) पाेखरमा हुने टुंगाे लागेकाे छ । उक्त बैंठकमा दुई देशबीच विद्युत् व्यापार तथा जलविद्युत् विकासबारे छलफल हुने ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार उक्त बैठकमा ६८३ मेगावाटकाे सुनकाेसी-३ जलाशय जलविद्युत् आयाेजना विकास गर्न नेपाल विद्युत् प्राधिकरण र बंगलादेशकाे पावर डेभलपमेन्ट बाेर्ड (बीपीडीपी) बीच संयुक्त उपक्रम सम्झाैता (जेभीए) गर्ने तयारी छ । यस्तै, बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातकाे सम्झाैता समेत हुने बताइएकाे छ ।

बंगलादेशसँग विद्युत् व्यापार : बिक्री गर्ने भनिएकाे ४० मेगावाटलाई बढाएर ५० वा ६० मेगावाटसम्म पुर्‍याउने गरी छलफलकाे तयारी भइरहेकाे पनि मन्त्रालयले जानकारी दिएकाे छ । बंगलादेशले यसअघि नै नेपालबाट प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा जलविद्युत् आयात गर्न सहमति जनाएकाे थिायाे । बंगलादेशले नेपालको जलविद्युत् प्रतियुनिट ५ अमेरिकी सेन्ट (६.६४ रुपैयाँ) मा खरिद गर्न सकिने बताउँदै आएको थियो भने प्राधिकरणले प्रतियुनिट ७ सेन्ट (९.२९ रुपैयाँ) भन्दै आएको थियो । यी दुवै दरलाई आधार मान्दै बंगलादेश प्रतियुनिट ६.५ अमेरिकी सेन्ट (८.६३३ रुपैयाँ) मा खरिद गर्ने कुरा सार्वजनिक गरिएकाे थियाे । तर, दरका विषयमा अझैसम्म टुंगाे नलागेकाे मन्त्रालयले जनाएकाे छ ।

बंगलादेशले खरिद गर्न चाहेको प्रतियुनिट दर अहिले भारतमा निर्यात भइरहेको भन्दा २० पैसा महँगो हो । प्राधिकरणले भारतसँग प्रतियुनिट ८.४० रुपैयाँ (भारु ५.२५) मा जलविद्युत्‌काे व्यापार गरिरहेको छ । उसले स्वदेशी निजी क्षेत्रबाट भने हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्दै आएको छ ।

प्राधिकरणले जुन महिनाको १५ तारिखदेखि नोभेम्बर १५ सम्म (६ महिना) ४० मेगावाट निर्यात गर्ने प्रस्ताव गरेको छ । उता, बंगलादेशले भने ४० मेगावाटसहित ५०० मेगावाट विद्युत् तत्कालै आयात गर्न चाहेको बताएको छ । आफ्नो देशमा गहिरिँदै गएको विद्युत् संकट व्यवस्थापन र प्रणालीमा स्वच्छ ऊर्जाको परिमाण बढाउन उसले सन् २०४० सम्म छिमेकी देशहरूबाट ९ हजार मेगावाट जलविद्युत् आयात गर्ने रणनीति लिएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न पहिलो पटक सन् २०१८ मा सहमति भएको थियो । सोही अनुसार हरेक वर्ष दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त बैठक बस्दै आएको छ । यसले, नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणामा काम गर्दै आएको छ । २०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले २०७९ कात्तिकभित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो तर भारतले समयमै सहमति नदिँदा प्रक्रिया लम्बिएको थियो ।

२०७९ फागुन ५ र ६ गते भारतको राजस्थानस्थित माउन्ट अबुमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय १०औं बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति दिएको थियो । त्यसपछि, नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो  । नेपालले सन् २०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।

सुनकाेसी-३ : वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन हुने सुनकोसी–३ को अधिकतम उचाई १६५ मिटर हुने अध्ययनले देखाएको छ । विभागकाे वेबसाइटमा भने सुनकाेसी-३ काे क्षमता ५३६ मेगावाट उल्लेख छ ।

यो सँगै नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्न प्राधिकरण र बोर्डले मौजुदा प्रसारण लाइनलाई प्रयोग गरी छिटोभन्दा छिटो काम सुरु गर्ने निर्णय भएको छ । यस्तै, दीर्घकालीन रूपमा व्यापार गर्न आवश्यक प्रसारण लाइन निर्माण गर्न द्विपक्षीय बैठकबाट भारतलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

बैठकले दुई देशले ऊर्जा विकासका क्षेत्रमा एक अर्कामा रहेकाे अनुभव आदानप्रदान गर्ने तथा तालिम आयाेजना गर्ने निर्णय गरेकाे पनि बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

दुई देशका अघिल्ला बैठकहरू

पहिलाे बैठक: २०७५ मंसिर १७ र १८ गते काठमाडौँमा सम्पन्न भएकाे थियाे । बैठककाे नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव अनुपकुमार उपाध्याय र उनका बंगलादेशी समकक्षी अहमद वाइकाउले गरेका थिए ।

दाेस्राे बैठक: २०७६ असार ५ र ६ गते काेक्स बजार बंगलादेशमा सम्पन्न भएकाे थियाे । बैठककाे नेतृत्व नेपालका तर्फबाट ऊर्जाऽ जलस्राेत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र डा. अहमद वाइकाउले गरेका थिए ।

तेस्राे बैठक: २०७८ भदौ २९ गते भर्चुअल माध्यममार्फत दुवै देशका ऊर्जा सचिवहरूको बैठक सम्पन्न भएकाे थियाे । त्यतिबेला, नेपालकाे तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव सुल्तान अहमदले बैठककाे नेतृत्व गरेका थिए ।

चाैथाे बैठक: २०७९ भदाै ८ र ९ गते काठमाडाैँकाे साेल्टी हाेटेलमा सम्पन्न भएकाे थियाे । त्यतिबेला, तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव हबिबुर रहमानले बैठककाे नेतृत्व गरेका थिए ।

पाँचाैं बैठक: २०८० जेठ १ र २ गते बंगलादेशकाे ढाकामा सम्पन्न भएकाे थियाे । त्यतिबेला, तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव हबिबुर रहमानले बैठककाे नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३