विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्लामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । प्रवर्द्धक जगदुल्ला हाइड्रो पावर कम्पनीले अबको ४ महिनामा आयोजनाको संरचना निर्माणको काम सुरु गर्न लागेको हो ।

आयोजनामा लगानीको जोहो भइसकेकोले अब संरचना निर्माणको काम सुरु गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । ‘अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ,’ उनले भने, ‘आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ, आगामी वर्षदेखि संरचनाको निर्माण अघि बढाउँछौँ ।’

आयोजना सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा नबिल बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), लक्ष्मी सनराइज र एभरेष्ट बैंकले ऋण लगानी गर्ने तय भएको पनि सापकोटाले बताए । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य रहेको पनि कम्पनीले जानकारी दिएको छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको बिजुली किन्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्ने छ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।

यो आयोजनाको मुख्य संरचनाहरू नदीको बाँया किनारामा पर्दछन् । आयोजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४०६ मिटर लामो पे्रसर स्टाफमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइने छ । विद्युत्‌गृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने छ ।

यही कम्पनीले १२० मेगावाटको जगदुल्ला–ए जलविद्युत् आयोजनाको अध्ययन अघि बढाएको छ । जगदुल्लाको सेमी क्यासकेडको रूपमा अघि बढेको आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पार्ने काम भइरहेको सापकोटाले बताए ।

कम्पनीले उक्त आयोजनाको लागि क्षेत्र निर्धारण गर्ने क्रममा भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा के कस्ता असर पर्दछ भनि यकिन गर्न त्यस क्षेत्रका स्थानीयसँग राय/सुझाव माग गरेको छ । त्यस क्षेत्रका स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्तिहरूसँग लिखित राय/सुझाव माग गरिएको छ ।

मुड्केचुल–४ स्थित इलमा रहेको जगदुल्लाको टेलरेस सुरुङबाट निस्केको पानी ४.५ किलोमिटर लामो सुरुङ हुँदै जगदुल्ला–ए को विद्युत्‌गृहमा पुर्‍याइनेछ । आयोजनाको एक वर्षमा पूर्व तयारी सकेर निर्माण सुरु गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ । निर्माण सुरु भएको ४ वर्षमा व्यवसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । यो आयोजनाबाट उत्पादन भएको विद्युत् ३८ किलोमिटर लामो दुरीमा रहेको नलगाड सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit