विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माण सम्पन्न भएको १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ । गत फागुन ४ गतेदेखि नै परीक्षण थालेको आयोजनाले झण्डै साढे ४ महिनापछि मात्र व्यापारिक उत्पादन गर्न सकेको हो ।

आयोजना निर्माणस्थलमै पुगेर प्रवद्र्धक माया खोला हाइड्रो पावर कम्पनीका अध्यक्ष विजयमान शेरचनले आज (असार २२ गते) अपरान्ह १२ बजेदेखि विद्युत व्यापारिक उत्पादनको उद्घाटन गरेका छन् । फागुनमै परीक्षण थाले पनि केही प्राविधिक समस्या देखिएकोले त्यसको समाधान गरी व्यापारिक उत्पादन सुरु गरिएको अध्यक्ष शेरचनले बताए ।

असार ७ गतेदेखि उत्पादन सुरु गरी १५ दिनको उत्पादन नेपाल विद्युत प्राधिकरणलाई निशुल्क ग्रिडमा उपलब्ध गराएपछि व्यापारिक उत्पादन सुरु भएको पनि शेरचनले बताए । उनका अनुसार १५ दिनमा आयोजनाले यस अवधिमा प्राधिकरणलाई झण्डै २ करोड रुपैयाँ बराबरको ५८९५.११ मेगावाट घन्टा विद्युत निशुल्क उपलब्ध गराएको छ । आयोजनामा ७.७५ मेगावाटका दुई वटा टर्बाइन जडित छन् ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि ३ किलोमिटर दूरीमा रहेको प्राधिकरणको कोसी कोरिडोर तुम्लिङटार–इनरुवा खण्डको २२० केभी बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी लाइन कम्पनी आफैले निर्माण गरेको छ । आयोजनाबाट २०७८ असार नै देखि विद्युत उत्पादन गर्ने तालिका रहे पनि कोरोना महामारीको दोस्रो चरणमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित हुन पुगे । यसबाट निर्माण प्रभावित हुँदा विद्युत उत्पादनको तालिका प्रभावित भएको कम्पनीले जानकारी दिएको छ ।

प्राधिकरणले काेसी काेरिडाेर निर्माण गर्न ढिला गरेका कारण आयाेजनाकाे विद्युत उत्पादन अवधि पनि सर्दै आएकाे तर हालकाे अवस्थामा उत्पादनमा समस्या नरहेकाे आयाेजना संयाेजक भरत लामिछाने थापाले बताए । 'अहिले पूर्वमा बाढी आएर धेरै आयाेजनाहरू सञ्चालनमा आएका छैनन् तर माया खाेलामा कुनै समस्या छैन,' उनले भने ।

सुपर सिक्स अन्तर्गतको यो आयोजनाबाट वार्षिक ८ करोड १५ लाख ६५ हजार ६ सय ५४ युनिट विद्युत उत्पादन हुनेछ । साथै, यो आयोजनाको सम्पूर्ण निर्माणको काम २ अर्ब ५० करोड रुपैयाँमा पूरा भएको दाबी गरिएको छ । ७० प्रतिशत बैंककाे लगानी र ३० प्रतिशत स्वपुँजी लगानी अनुपातमा निर्माण भएकाे आयाेजनामा सिटिजन्स इन्टरनेशनल बैंककाे अगुवाइमा हिमालयन बैंक र प्रमु बैंककाे लगानी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit