विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुढीगण्डकी हाइड्रो पावर प्रालिले ४.५ मेगावाटको सुपर माछा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले अध्ययन पुरा भएको यस आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको हो ।

गण्डकी प्रदेश अन्तरगत गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा उक्त आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट अनुमती पाउने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असरका विषयमा सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ । 

नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २.०४ घनमिटर प्रति सेकेन्ड र कूल हेड २२८ मिटर रहने अध्ययनले देखाएको छ । 
आयोजनाबाट वार्षिक सरदर २५.९९१ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाको बाँध स्थलको संरचनाहरू माछा खोलाको बायाँ किनारामा पर्दछन् भने विद्युतगृह दायाँ किनारमा पर्दछ ।  

विद्युतगृह नजिकै स्वीच्यार्ड निर्माण गरिनेछ र ३४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन मार्फत प्रस्तावित सल्यानटार सबस्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०८५ असार २० गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण गर्दा भु–क्षय, वायु, प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit