विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो दशकमा जलविद्युत तथा वैकल्पिक ऊर्जाका स्रोतबाट समेत विद्युत उत्पादन भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा अहिलेसम्म केन्द्रीय प्रणालीमा जडित र प्रणाली बाहिर गरी विद्युत उत्पादन झण्डै २५७७ मेगावाटभन्दा बढी पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र अन्य स्वतन्त्र विद्युत उत्पादकहरूबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म देशको कूल विद्युत उत्पादन २५७७.४८७ पुगेको छ । यसमध्ये केन्द्रीय प्रसारण प्रणालीमा जडित विद्युत क्षमता २४९२.९५१ मेगावाट पुगेको छ भने ग्रिडबाहिर ८४.५३६ मेगावाट रहेको छ ।

ग्रिडमा जडित कूल विद्युतमध्ये प्राधिकरण तथा यसका सहायक कम्पनी मार्फत ११२२.४०४ मेगावाट र निजी क्षेत्रका आयोजनाबाट १३७०.५४७ मेगावाट उत्पादन भएको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनामा मात्र करिब ३३२ मेगावाट उत्पादन भएको छ । यस अवधिमा ३२१.९७९ मेगावाटका १४ जलविद्युत र १० मेगावाटका ३ सौर्य गरी १७ आयोजनाले उत्पादन सुरु गरेका छन् । यस्तै, ग्रिड बाहिर प्राधिकरणका साना जलविद्युत आयोजनाबाट ४.५३६ मेगावाट र वैकल्पिक ऊर्जा मार्फत ८० मेगावाट उत्पादन भएको तथ्यांक छ ।

कूल उत्पादित विद्युतमध्ये प्राधिकरण (जलविद्युत, सौर्य, थर्मल) को ६४८.८४ मेगावाट र सहायक कम्पनीमार्फत ४७८.१ मेगावाट रहेको छ । यस्तै, निजी क्षेत्रमार्फत जलविद्युत, सौर्य र सह उत्पादन (बगास अर्थात् उखुको खोस्टा) बाट क्रमशः १३२१.४०७ मेगावाट, ४३.१४ मेगावाट र ६ मेगावाटको विद्युत ग्रिडमा जोडिएको छ ।

प्राधिकरणले चालू आवभित्र करिब ८०० मेगावाट विद्युत प्रणालीमा थपिने प्रक्षेपण गर्दै कूल जडित क्षमता ३००० मेगावाट पुग्ने अनुमान गरेको छ । यस अवधिमा थपिने मुख्य आयोजनाहरूमध्ये १११ मेगावाटको रसुवागढी, ५७.३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी, ५४ मेगावाटको सुपर दोर्दी लगायत छन् ।

अहिले प्राधिकरण, सहायक कम्पनी र निजी क्षेत्रका ३३०० मेगावाटभन्दा बढीका आयोजना निर्माणका विभिन्न चरणमा छन् । यस्तै, अध्ययन पूरा भएका ११७१६ मेगावाटका २४० आयोजना विद्युत खरिद सम्झौता (पिपिए) को पर्खाइमा रहेका छन् । सरकारको निर्देशनअनुसार प्राधिकरणले १५०० मेगावाटका नदी प्रवाही (आरओआर) आयोजनाको पिपिए खोल्ने निर्णय गरेको छ ।

धमाधम जलविद्युत आयोजनाको निर्माण पूरा भइरहँदा बर्खामा उत्पादन बढी भएर खेर जाने चिन्ता पनि बढेको छ । यो चिन्ता निवारण गर्न गत फागुन ५ र ६ गते भारतको माउन्ट अबुमा सम्पन्न १०औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । जसअनुसार, नेपालमा बर्खामा उत्पादित परिमाणमध्ये १२०० मेगावाटसम्मको विद्युत भारत निर्यात गर्ने सैद्धान्तिक सहमति भएको छ ।

ढल्केबर–मुजफ्फरपुरबाट यसअघि ६०० मेगावाटसम्म विद्युत लिन वा दिन सकिने प्रावधान रहेकोमा दुई द्विदेशीय १०औं सचिवस्तरीय बैठकले यसको दायरा फराकिलो बनाउँदै ८०० मेगावाटसम्म आदानप्रदान गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, बिहारसँग सीमा जोडिएका १३२ केभी ४ वटा प्रसारण लाइनबाट करिब ४०० मेगावाट निर्यात गर्न सकिने पक्षमा पनि भारत सकारात्मक देखिएको छ । उता, टनकपुरबाट ८० मेगावाटसम्म लिन वा दिन सकिने बैठकबाट स्वीकृत भएको छ ।

अहिलेसम्म भारतले बर्खाका महिनामा १० आयोजनाबाट ४५२.५ मेगावाट विद्युत निर्यात गर्ने अनुमति प्रदान गरेको छ । अहिले नदी तथा खोलामा पानीको बहाव घटेका कारण विद्युत उत्पादन कम भएसँगै भारततर्फको निर्यात रोकिएको छ । यो समयमा भारतबाट करिब ४८० मेगावाटभन्दा बढी बिजुली आयात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३