विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ऊर्जा खबरमा हरेक शुक्रबार प्रकाशित हुने ‘ऊर्जा ज्ञान’ स्तम्भअन्तर्गतको यो दोस्रो श्रृङ्खलामा जलविद्युत् र यसका विविध आयामबारे ज्ञानवर्द्धक सामग्री प्रस्तुत गरिएको छ : 

१. जलविद्युत् भनेको के हो ?

उत्तर : पानीको बहावमा निहित गति शक्तिलाई प्रयोग गरी उत्पादन गरिने विद्युत्‌लाई जलविद्युत् भनिन्छ । यो सर्वाधिक प्रयोगमा रहेको ऊर्जाको एउटा नवीकरणीय स्रोत हो । साधारणतया पानीलाई उच्च स्थानबाट कम उचाइ भएको स्थानमा खसालेर त्यसको शक्तिले टर्बाइन घुमाई जलविद्युत् निकालिन्छ ।

२. नेपालमा जलविद्युत्‌काे इतिहासबारे उल्लेख गर्नुहोस् ।

उत्तर : नेपालको पहिलो जलविद्युत् गृह काठमाडौँबाट दक्षिणकाली जाने सडक नजिकै पर्दछ । यसको नाम ‘फर्पिङ जलविद्युत् केन्द्र’ हो । पेल्टन टर्वाइन जडित यसको कूल क्षमता ५०० किलोवाट छ र यहाँ २५० किलोवाटको २ वटा जेनेरेटर छन् । यसको निर्माण वि.सं. १९६४ (सन् १९०७) मा शुरू भई वि.सं. १९६९ (सन् १९११) मा पूरा भएको हो र उद्घाटन तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहदेवबाट १९६८ साल जेष्ठ ९ गते साँझ ६ः३० बजे भएको थियो । 

यही परिप्रेक्षमा सन् १९३४ मा निर्मित ६४० किलोवाटको सुन्दरीजल नेपालको दोस्रो विद्युत् केन्द्र हो । मोरङको चिसाङ खोलामा सन् १९४३ मा निर्माण गरिएको १८०० किलोवाटको लेटाङ जलविद्युत् केन्द्र तेस्रो हो, जसलाई सन् १९६४ मा आएको बाढीले पुनःनिर्माण नै गर्न नसकिने गरी बगायो ।

३. नेपालको जलविद्युत् क्षमता कति छ ?

नेपालका लागि जलविद्युत् प्रकृतिको अनुपम उपहार हो । यसो हुनुको कारण भनेको करिब ८०० किलोमिटर लामो नेपाली भूभाग धेरै नै भिरालो भएर हो । नेपालको २०० किलोमिटर चौडाईको एउटा छेउमा समुन्द्र सतहदेखि ८८४८ मिटर उचाईको पहाड छ भने अर्कोतर्फ ६० मिटरसम्म उचाई भएको समथर जमिन । उचाईको यो फरक अर्थात् (८८४८–६०=८७८८) मिटरलाई हेड भन्ने गरिन्छ । जति बढी हेड र पानी भयो उति नै बढी विद्युत् निस्कन्छ । अब प्रश्न उठ्छ– नेपालको विद्युत् क्षमता कति हो त ? यसलाई निम्नानुसार तालिकामा देखाउन सकिन्छ :

नेपालमा विद्युत्‌काे कुल जडित उत्पादन क्षमता (मेगावाटमा)

जलविद्युत्  २७३६.३८४
जलविद्युत् (अफ ग्रिड)  ४.५३६
थर्मल   ५३.४
ग्रिड सौर्य विद्युत्   ११६
बगास (उखुको खोस्टा)   ६
अफ ग्रिड (लघु जलविद्युत्, सौर्यविद्युत्)   १००
 कुल उत्पादन क्षमता  ३०१६.३२

स्रोत अनुसार जलविद्युत् उत्पादन सम्भाव्यता

जलविद्युत् (जल तथा ऊर्जा आयोग)  ७२,००० मेगावाट (प्राविधिक तथा आर्थिक)
जलविद्युत् (डा. हरिमान श्रेष्ठ)   ८३,००० मेगावाट
लघुजलविद्युत्   १,००० मेगावाट

स्रोतः ऊर्जा खबर पुस्तक वर्ष ४, अङ्क ६

४. जलविद्युत् उत्पादनमा समस्याहरु के के छन् ? 
उत्तरः 

  • प्रशासनिक समस्या : जलविद्युत्‌काे विकासको लागि सर्भेलाइसेन्स लिन आवेदन दिए देखि विद्युत् उत्पादनको लागि लाइसेन्स लिने समयसम्म प्रशासनिक र वातावरण मूल्याङ्कनसम्बन्धी कार्यहरूमा बढी समय लाग्ने देखिएको छ । 
  • स्थानीय समस्या/समधान : खोला नाला हाम्रो गाउँमा तर त्यसबाट फाइदा लिने अरु नै ? आदि जस्ता स्थानीय आवाजलाई निम्न तरिका अपनाइ समाधान गर्न सकिन्छ :

                 स्थानीय विकास : योजनाको क्षमता अनुसार स्थानीय विकाश निर्माणको कार्य गरिदिने । 
                 स्थानीय शेयर वितरण : स्थानीय बासिन्दाका लागि केही सेयर सङ्ख्या छुट्याइ दिने । यसबाट जलविद्युत् गृहले गरेको नाफाबाट आफ्नो लगानी अनुरुप स्थानीय बासिन्दाले नाफा रकम पाउने छन् र यस                                                      प्रकार स्थानीय बासिन्दालाई योजनाप्रति माया/रुचि रहने छ ।

  • श्रमिक व्यवस्थापन : योजनामा कार्यरत श्रमिकलाई योजनाप्रति ममत्व जगाउन उनीहरूको इच्छा अनुसार उनीहरूले पाउने ज्यालाको केही अंश कटाइ राख्ने र अन्त्यमा त्यसलाई शेयरको रूपमा परिणत गर्न सकिन्छ । यसबाट श्रमिकबाट हुने हड्ताल आदिलाई केही हदसम्म रोक्न सकिन्छ । 
  • निर्माण अवधि लम्बिँदा : लगानीकर्ताको कारणले वा बाह्य कारणले गर्दा निर्माण अवधि लम्बिन गयो भने ठेकेदारले बढी लाग्न गएको समय अवधिको कामदार, कर्मचारीको ज्याला, तलब, मूल्यवृद्धि, स्टोरेज चार्ज र ओभरहेड खर्च आदि दावी गर्न सक्दछ । ठेकेदारको कारणले समयअवधि लम्बिन गयो भने ठेकेदारले हर्जाना रकम तिर्नुपर्ने स्थिति आउन सक्दछ । तर यस्ता कुरा बोलपत्र र ठेक्का सम्झौतामा प्रष्ट उल्लेख गरिएको हुनुपर्दछ । जुनसुकै कारणले पनि निर्माण अवधि लम्बिँदा सो अवधिभरको विद्युत् उत्पादन हुन नसकी सोको छुट्टै भार विद्युत् विकासकर्ताले व्यहोर्नु पर्दछ । 
  • भू–बनोट : नेपालको पहाडी चट्टान धेरैजसो ठाउँमा कडा छैन, जसले गर्दा सुरुङ खन्दा ढुङ्गा माटो खस्ने, सुरुङ नै पुरिने र पहिरो जाने समस्या पनि देखिएको छ । 
  • प्राकृतिक प्रकोप : यसका अतिरिक्त बाढी पहिरोले गर्दा विद्युत्गृह नै क्षति हुन पुग्दछ । उदाहरुणका लागि सन् १९८१ मा तिनउ नदीमा आएको बाढी पहिरोले गर्दा निर्माण सकिएको करिब ४ वर्षपछि बुटवल (रुपन्देही) स्थित १ मेगावाटको तिनाऊ भूमिगत जलविद्युत् केन्द्र नराम्ररी क्षतिग्रस्त हुन पुग्यो, यस्तै अवस्था सिन्धुपाल्चोक स्थित ४५ मेघावाटको भोटेकोसी  जलविद्युत् केन्द्रको पनि थियो । २६ अप्रिल २०१५ को माहाभूकम्पले यसको पेनस्टकलाई नोक्सान गर्यो । त्यसपछि जुलाई २०१५ मा आएको ठूलो बाढीको पानी विद्युत्गृह भित्रै पसी निकै क्षति पुर्यो । करिब साढे ४ वर्षपछि अर्थात २२ डिसेम्बर २०१९ मा मात्रै पुन विद्युत् उत्पादन सुचारु गर्न सकियो । स–साना जलविद्युत् केन्द्रहरू यस प्रकारको जोखिममा बढी पर्ने गर्दछन् । 
  • जलवायु परिवर्तन : विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि देखिन थालिसकेको छ । यसको परिमाण स्वरुप उत्पन्न विभिन्न प्रभाव मध्ये नदीको वहावमा कमी आउँदै जानु पनि हो । 

५. जलविद्युत् उत्पादनमा प्रयोग हुने टर्वाइनको काम के हो र यो कति प्रकारका हुन्छन् ? 
उत्तर :

  • टर्बाइनले गर्ने कार्यः टर्बाइनले पानीमा रहेको शक्तिलाई यान्त्रिक शक्तिमा परिवर्तन गरिदिन्छ । यो यान्त्रिक शक्तिलाई विभिन्न उपकरणको माध्यमबाट विभिन्न कार्यमा उपयोग गरिन्छ । उदाहरणका लागि जेनेरेटरलाई टर्बाइनसँग जोडियो भने विद्युत् निस्कन्छ ।
  • विभिन्न प्रकारका टर्बाइन : मुख्यतः टर्बाइन दुई थरिको हुन्छ– एउटा इम्पल्स टर्बाइन र अर्को रिएक्सन टर्बाइन । इम्पल्स टर्बाइनले पानीमा रहेको काइनेटिक इनर्जीलाई यान्त्रिक शक्तिमा र रिएक्सन टर्बाइनले पानीमा रहेको काइनेटिक इनर्जी र प्रेसर इनर्जी दुवैलाई यान्त्रिक शक्तिमा रुपान्तरण गर्दछ । इम्पल्स टर्बाइनको श्रेणी अन्तर्गत पेल्टनटर्बाइन पर्दछ । यसको नोजलबाट पानी निस्कँदा सो पानीमा काइनेटिक इनर्जी मात्र रहन्छ जसले पेल्टन ह्विललाई घुमाउने काम गर्दछ । यसका अतिरिक्त यसको खोलको भित्र र बाहिर एउटै दबाव अर्थात् Atmospheric pressure हुन्छ । इम्पल्स टर्बाइन अन्तर्गत CrossflowTurgo टर्बाइनहरु पनि पर्दछन् । विश्वमै सबैभन्दा बढी प्रयोगमा आउने Francis टर्बाइन हो र यो रिएक्सन टर्बाइनको श्रेणी अन्तर्गत पर्दछ । यसभित्र पस्ने पानीमा काइनेटिक र Pressure दुवै इनर्जी हुन्छ र यो टर्बाइनले यी दुवै इनर्जीलाई यान्त्रिक शक्तिमा रुपान्तरण गर्दछ । Kaplan turbine पनि रिएक्सन टर्बाइनको श्रेणिमा आउँछ । 

बहु–वैकल्पिक प्रश्नहरू

१. कम उचाई भएको सानो जलविद्युत् केन्द्रमा कुन टर्वाइन जडान गरिएको हुन्छ ? 
   क) कप्लान
   ख) फ्रान्सिस
   ग) क्रस फ्लो
   घ) पेल्टन
उत्तर : कप्लान

२. नेपालको सन्दर्भमा सबभन्दा भरपर्दो प्लाण्ट कुन हो ? 
   क) थर्मल
   ख) न्यूक्लियर
   ग) जियो थर्मल
   घ) हाइड्रो
उत्तरः हाइड्रो

३. गण्डकी नदीको सहयक नदी कुन होइन ? 
   क) दरौँदी 
   ख) मादी
   ग) सेती
   घ) मस्र्याङ्गदी
उत्तर : मादी

४. नेपलको पहिलो जलविद्युत् आयोजना कुन हो ?
   क) सुन्दरीजल 
   ख) फर्पिङ
   ग) त्रिशुली
   घ) चिलिमे 
उत्तरः फर्पिङ

५. टर्वाइले के काम गर्दछ ? 
   क) पानीमा रहेको विद्युत् शक्तिलाई यान्त्रिक शक्तिमा रुपान्तरण गर्दछ 
   ख) विद्युत् शक्ति उत्पादन गर्दछ 
   ग) पेनस्टकलाई समाइराख्दछ 
   घ) पानी नियन्त्रण गर्दछ 
उत्तरः पानीमा रहेको विद्युत् शक्तिलाई यान्त्रिक शक्तिमा रुपान्तरण गर्दछ

७. तलका मध्ये कुन टर्वाइनले पानीको काइनेटिक इनर्जीलाई मेकानिकल इनर्जीमा रुपान्तरण गर्दछ ?
   क) पेल्टन (Pelton)  
   ख) फ्रान्सिस (Francis)
   ग) कल्पन (Kaplan)
   घ) क्रस फ्लो (Cross flow)
उत्तरः पेल्टन (Pelton)

८. नेपाल विद्युत् प्राधिकरणको पहिलो सहायक जलविद्युत् कम्पनी कुन हो ? 
   क) माथिल्लो तामाकोशी
   ख) चिलिमे 
   ग) मस्र्याङ्दी
   घ) त्रिशुली
उत्तरः चिलिमे

स्रोत : ई. शम्भुप्रसाद उपाध्यायद्वारा लिखित ‘विद्युत् : उत्पादन, प्रसारण र वितरण’ पुस्तक तथा अन्य 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३