विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले विद्युत् मिटर बक्समा प्रयोग हुने एमसिबी (मिनिचर सर्किट ब्रेकर), एमसिसिबी (मोल्डेड केस सर्किट ब्रेकर) मा देखिने समस्या र समाधानका साथै विविध विषयमा जानकारी दिने वहुवैल्पिक प्रश्नोत्तरलाई समेटेका छौँ । अघिल्लो साता विद्युत् ट्रान्सफर्मर बिग्रने कारण र यसबाट बच्ने उपायका विषयमा जानकारी प्रस्तुत गरेका थियौँ ।

१. मिटरबक्समा रहेको वा अन्य एमसिबी पनि ‘अन’ गर्नेबित्तिकै तुरुन्त ‘अफ’ हुन्छ, कारण के हुन सक्दछ ?

उत्तरः

  • (क) वायरिङ सर्ट भएको हुनु पर्दछ ।
  • (ख) एक छिनपछि अफ भयो भने एमसिबी को क्षमताले भ्याएन भन्ने बुझ्नु पर्दछ । अर्को बढी क्षमताको एमसिबी राखे पनि हुन्छ तर सो गर्नुअघि वायरिङ तारको क्षमता एमसिबीको क्षमताभन्दा बढी नै हुनु पर्दछ, भन्ने कुरो बिर्सनु हुन्न ।
  • (ग) कहिलेकाहीँ गाईगोठ वा अन्य ठाउँमा बत्ती लाग्न निकै लामो मसिनो तार (रातो/कालो वा यस्तै) प्रयोग गरिएको हुन्छ । यो तारको छेउको भाग सर्ट भयो भने तुरुन्तै एमसिबी अफ नहुन पनि सक्दछ तर एकछिन पछि हुन्छ । सो तारको रेजिस्टेन्स धेरै भएर यस्तो हुन्छ । 

२. स्वीच अफ गरेर हिटरको क्वायलमा टेस्टरले छुँदा बत्ती बल्नुको कारण के हो ? 

उत्तरः

  • (क) हिटरको स्वीच फेजमा राख्नुपर्नेमा न्युट्रलमा राख्दा यस्तो समस्या देखिन्छ ।
  • (ख) मधुरो बत्ती बल्दछ भने ट्रान्सफरर्मरको निउट्रलको अर्थिङ राम्ररी भएको छैन वा समय बित्दै जाँदा ट्रान्सफर्मरको अर्थिङले राम्ररी काम गर्न छाड्यो भन्ने बुझ्नु पर्दछ ।
  • (ग) ट्रान्सफर्मर न्युट्रलमा धेरै करेन्ट बग्न गयो भने पनि न्युट्रललाई टेस्टरले हुँदा मधुरो बसी बल्न सक्दछ ।

३. ट्रान्सफर्मरको एमसिसिबी बराबर अफ भइरहने गर्दछ, किन ?

उत्तरः यसका निम्न कारणहरू हुन सक्दछन् :

  • (क) ओभरलोड भएर । ओभरलोड छ/छैन भनी क्ल्याम्प मिटरको सहायताले सजिलै हेर्न सकिन्छ ।
  • (ख) समष्टीरूपमा ओभरलोड छैन तर कुनै फेजमा बढी लोड भयो भने पनि एमसिसिबी अरु हुन्छ । यो कुरा क्ल्याम्प मिटरको सहायताले प्रत्येक फेजको करेन्ट नापेर सजिलै थाहा पाउन सकिन्छ ।
  • (ग) एलटी लाइन सर्ट भएर पनि यस्तो हुन्छ, निरीक्षण गर्दा पत्ता लगाउन सकिन्छ ।
  • (घ) एलटी लाइन लत्रिएको/झोलिएको अवस्थामा हावाहुरी चल्दा वा चरा तारमा बस्दा वा उड्दा एउटा तारले अर्को तारलाई छुने गर्दछ र फलस्वरुप एमसिसिबी अफ हुन पुग्दछ ।
  • (ङ) एमसिसिबीमा जडान भएको केबुलको सकेट खुकुलो हुँदा पनि यस्तो हुन्छ । त्यसपछि त्यहाँ स्पार्क र ताप उत्पन्न हुन्छ । त्यो ताप एमसिसिबीभित्र सर्दछ र यस प्रकार एमसिसिबी तातिएपछि कम लोडमा पनि अफ हुन्छ ।

बहु–वैकल्पिक प्रश्न

(१) ट्रान्सफर्मरमा प्रयोग हुने तेलको काम के हो ?

(क) इन्सुलेसन र कुलिङ
(ख) कुलिङ र लुब्रिकेसन
(ग) लुब्रिकेसन र इन्सुलेसन
(घ) इन्सुलेसन, लुब्रिकेसन र कुलिङ
उत्तरः इन्सुलेसन र कुलिङ

(२) ट्रान्सफर्मर निरीक्षण गर्दा मुख्य कुन चिज हेर्न भुल्नु हुँदैन ?

(क) ड्रपआउट फ्यूज
(ख) तेलको लेभल
(ग) सिलिका जेल
(घ) सफासुग्घर
उत्तरः तेलको लेभल

(३) एउटा आदर्श ट्रान्सफर्मरले के परिवर्तन गर्दैन ?

(क) शक्ति
(ख) भोल्टेज
(ग) करेन्ट
(घ) माथिको कुनै पनि होइन
उत्तरः शक्ति

(४) ट्रान्सफर्मर कुन सिद्धान्तमा काम गर्दछ ?

(क) आपसी प्रेरण 
(ख) विद्युतीय चुम्बकत्व 
(ग) गतिशील रूपमा उत्पन्न इएमएफ 
(घ) ऊर्जा रूपान्तरण 
उत्तर : आपसी प्रेरणा

(५) तलका कुन ट्रान्सफर्मरको प्राइमरी सर्कित सक्रिय हुँदा सेकेन्डरी सर्किट खुला राख्नुपर्छ ?

(क) अटो ट्रान्सफर्मर
(ख) पोटेन्सियल ट्रान्सफर्मर
(ग) करेन्ट ट्रान्सफर्मर
(घ) पावर ट्रान्सफर्मर
उत्तरः पोटेन्सियल ट्रान्सफर्मर

(६) ट्रान्सफर्मरमा प्रयोग हुने ‘डिफ्रेन्सियल रिले’ले के पत्ता लगाउँछ ?

(क) आन्तरिक फल्ट
(ख) वाहय फल्ट
(ग) ओभर करेन्ट
(घ) ओभर भोल्टेज
उत्तरः आन्तरिक फल्ट

(७) डेल्टा/स्टार डिस्ट्रिब्युसन ट्रान्सफर्मरमा लोड अवस्थामा के हुन्छ ?

(क) प्राइमरी करेन्ट सेकेन्डरी करेन्टभन्दा बढी हुन्छ । 
(ख) प्राइमरी र सेकेन्डरी दुवैमा करेन्ट बराबर हुन्छ । 
(ग) प्राइमरी करेन्ट सेकेन्डरी करेन्टभन्दा कम हुन्छ ।
(घ) कुनै पनि होइन
उत्तरः प्राइमरी करेन्ट सेकेन्डरी करेन्टभन्दा कम हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३