विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत १५, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले घरको विद्युतीकरण अर्थात् ‘हाउस वायरिङ’बारे जानाकरी र विभिन्न विषयमा बहुवैकल्पिक पश्नोत्तर जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता हामीले चुम्बक, यसका प्रकार र विशेषताबारे जानकारी दिएका थियौँ ।

(१) हाउस वायरिङ भनेको के हो ?

उत्तर : बत्ती बाल्न वा विद्युतीय उपकरण प्रयोग गर्नका लागि घरमा तार बिच्छ्याउने कार्य गर्नुपर्ने हुन्छ र यो कार्यलाई ‘हाउस वायरिङ’ भन्ने गरिन्छ । यसका लागि चाहिने विभिन्न सामानहरूमध्ये मुख्य देहायअनुसारका छन् : १. तार, २. मेन स्विच, ३. मेटल क्ल्याड स्विच, ४. एमसिबी, ५. सकेट, ६. प्लग, ७. स्विच, ८. स्विच बोर्ड । विस्तारमा यसकाे चर्चा तल गरिन्छ ।

१. तार : यो साधारणतया तामा (कपर) को हुन्छ र यो विभिन्न साइजको हुन्छ ३/२०, ३/२२, ७/२२, ७/२० आदि । हिटर आदिको लागि वायरिङ गर्नु पर्‍यो भने ७/२० वा ७/२२ को तार प्रयोग गरिन्छ भने बत्तीका लागि मात्र ३/२०, ३/२२ को तार प्रयोग गरिन्छ । माथिको अंकको तेर्सो धर्को माथिको अक्षर अर्थात ३ वा ७ ले तारको गोटा (संख्या) जनाँउछ भने तलको अंक २० वा २२ ले हरेक तारको मोटाई जनाउँछ । ३/२० को तार भन्नाले एउटा केबुल तारभित्र ३ वटा तार छन् र प्रत्येक तारको साईजको नं २० हो भन्ने बुझिन्छ ।

२. मेन स्विच : यो पनि सिंगल फेज र थ्रीफेजको हुन्छ, घरमा जडान हुने प्रायः सिंगल फेज मेन स्विच हो । यो स्विच पनि दुई प्रकारको हुन्छ, एउटा फलामको र अर्को एमसिबी ।

३. मेटल क्लाड स्विच : यो स्विच पनि विभिन्न क्षमताको हुन्छ, जस्तै १५ एम्पिएर, ३२ एम्पिएर ६० एम्पिएर । यस्ता मेन स्विचभित्र किटक्याट हुन्छ, जसमा आवश्यकता अनुसार मोटो वा पातलो फ्यूज हाल्नु पर्दछ ।

४.एमसिबी : एमसिबीको पूरा नाम मिनिएचर सर्किट ब्रेकर हो । लाइनमा फल्ट हुँदा वा ओभरलोड हुँदा यो आफैँ बन्द हुन्छ । यसमा फ्यूज वायर हुँदैन । आजकाल हाउस वायरिङमा प्रायः एमसिबी नै प्रयोग हुन्छ । यो ३, ६, १६, २०, ३२, ६० एम्पिएर आदि क्षमतामा पाइन्छ ।

५.सकेट : यो प्रायः दिवाल/सतहमा जडान गरिन्छ । यसलाई फिमेल पनि भन्ने गरिन्छ । यो ५ एम्पिएर र १५ एम्पिएरको क्षमता (रेटिङ) मा पाइन्छ । यो २ पीन र ३ पीन सकेटको रूपमा हुन्छ । अर्थिङको तार सकेटमा लग्नु पर्‍यो भने मात्र ३ पिन सकेट चाहिन्छ ।

६.प्लग : यसलाई टप वा मेल पनि भन्ने गरिन्छ । यसको क्षमता ५ एम्पिएर र १५ एम्पिएरको हुन्छ । ५ एम्पिएर क्षमताको प्लग २ पीन र ३ पीन दुवैमा पाईन्छ भने १५ एम्पिएरको प्लग भने ३ पीनको मात्र हुन्छ । 

७. स्विच : स्विचले बत्ती वा उपकरणमा जाने विद्युत् शक्तिको लाइनलाई जोड्ने वा काट्ने काम गर्दछ । यो पनि दुई प्रकारको हुन्छ, बत्तीको लागि प्रयोग हुने स्विच ५ एम्पिएरको हुन्छ भने पावर लाइन (हिटर, राइस कुकर आदि) को लागि प्रयोग हुने १५ एम्पिएको । आजभोलि पावर लाइनको लागि प्रयोग हुने सकेटमै १५ एम्पिएको स्विच पनि जडान भएर आएको हुन्छ ।

८. स्विच बोर्ड : यो साधारणतया काठको हुन्छ तर आजभोलि प्लाष्टिकको नै बढी चलनमा छ । यसको पनि विभिन्न साइज हुन्छ जस्तै ३.५” ह ३.५”, ४” ह ७”, ८” ह १२” आदि ।

बहु–वैकल्पिक प्रश्नहरू

१. र्‍याबिट कन्डक्टरको क्रस सेक्शनल एरिया कति हुन्छ ?

(क) ६० वर्ग मि.मि.
(ख) ५० वर्ग मि.मि.
(ग) ४० वर्ग मि.मि.
(घ) ३० वर्ग मि.मि.

उत्तरः ५० वर्ग मि.मि.

२. घरको वायरिङमा न्यूनतम इन्सुलेशन कति हुनुपर्छ ?

(क) १०Ω
(ख) ५Ω
(ग) २Ω
(घ) १५Ω

उत्तर : ५Ω

३‍‍. लिड एसिड ब्याट्रीको प्रिभेन्टिभ मर्मतमा के–के कुरा जाँचिन्छ ?

(क) ब्याट्री भोल्ट कति छ ?
(ख) इलेक्ट्रोलाइट लेभल कति छ ?
(ग) तार र टर्मिनल कति छ ?
(घ) माथिका सबै

उत्तर : माथिका सबै

(४) विद्युत् उत्पादन वितरणको शुरुआत हुँदा घरहरूमा कस्तो वायरिङ प्रचलनमा थियो ?

(क) क्लिट
(ख) उड प्याटर्न
(ग) सर्फेस कन्ड्युट
(घ) कन्सिल कन्ड्युट

उत्तर : क्लिट

५. पावर फ्याक्टर केमा भर पर्दछ ?

(क) लोडमा
(ख) फ्रिक्वेन्सीमा
(ग) सप्लाई भोल्टेजमा
(घ) माथिका सबै

उत्तर : लोडमा

६. एक किलोभोल्ट–एम्पियर बराबर कति हुन्छ ?

(क) १०० भोल्ट एम्पियर
(ख) १००० भोल्ट एम्पियर
(ग) १२०० भोल्ट एम्पियर
(घ) १५०० भोल्ट एम्पियर

उत्तर : १००० भोल्ट एम्पियर

७. हाउस वायरिङ गर्दा स्विच कुन लाइनमा राख्नु पर्दछ ?

(क) फेज
(ख) न्यूट्रल
(ग) दुईमध्ये कुनै एक
(घ) कुनै पनि होइन

उत्तर : फेज

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३