विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खाका ४ महिना नेपालमा खपत भई जगेडा भएको विद्युत भारतको प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । शुक्रबार (बैशाख २३ गते)  टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत बेच्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागिएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत आगामी असार १७ गतेदेखि कात्तिक २९ गतेसम्म  सन् २०२२ जुलाई १ देखि नोभेम्बरसम्म (४ महिना १३ दिन) बिक्री गर्नका लागि प्रस्ताव मागेको छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरू, विद्युत वितरण कम्पनीहरू लगायतले खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणले उल्लेख गरेको छ ।

‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धा मार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरिएको छ,’ कार्यकारी निर्देशककुलमान घिसिङले भने, ‘बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गरिनेछ ।’ टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरूलाई विद्युत उपलब्ध गराइने उनको भनाइ छ ।

नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरूले आगामी १३ जेठ गते अर्थात् मे २७ तारिख को मध्यान्ह १२ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नपाउने प्राधिकरणले उल्लेख गरेको छ । कम्पनीहरूले आफूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्नेछ ।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुनेछ । नेपालले प्राधिकरणको स्वामित्वका  त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिलिमेटेको लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

३६४ मेगावाट बिक्रीका लागि स्वीकृति पाए पनि ह्विलिङ चार्ज, चुहावट घटाउँदा ३२५ मेगावाटमात्र नेपालको बिजुली भारत जाने घिसिङले बताएका छन् । बिजुली किन्न के कति भारतीय कम्पनीले चासो देखाउँछन्, त्यो भने पर्खिनैपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३