विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकबाट करिब ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । केन्द्रले प्राधिकरणको संरचना उपयोग गर्ने सेवा प्रदायकबाट सो राजस्व संकलन गरेको हो ।

१४ सेवा प्रदायकबाट ९६ लाख ८४ हजार ७९ रुपैयाँ राजस्व संकलन गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राजश्व संकलन भएका मध्ये चित्रबन युनिक केवल नेटको बढी छ । यो कम्पनीबाट ३० लाख ५५ हजार ६८ रुपैयाँ राजश्व असुल गरिएको छ ।

यस्तै, कनेक्ट नेपालले १ लाख ७७ हजार ९ सय ९७ रुपैयाँ, त्रिबेणी केबल नेटवर्कबाट १ लाख ९३ हजार ८ सय रुपैयाँ, प्राइम नेटवर्कबाट २ लाख ३४ हजार रुपैयाँ राजश्व असुल गरिएको छ ।

फाईवर वल्र्ड कम्युनिकेसन प्रालिबाट १ लाख २२ हजार ४० रुपैयाँ, ब्रोडलिंकबाट १ लाख १ हजार ७ सय, वेबसफरबाट  ३ लाख ५ हजार १ सय, डिसहोमबाट ६ लाख ६१ हजार ५० रुपैयाँ, पिडीएस सर्भर नेटवर्कबाट २५ हजार ४ सय २५, सुबिसु इन्फोटेकबाट २२ लाख २४ हजार ६६ रुपैयाँ राजश्व असुल गरिएको केन्द्रले जनाएको छ ।

यस्तै, टेक माइन्स कम्युनिकेसनबाट २० लाख र एन्जियटा एन सेलबाट ८ हजार ५ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, स्वघोषणा नगरी २ कम्पनीको ५ लाख २९ हजार २७ रुपैयाँ राजश्व असुल गरिएको केन्द्रले जनाएको छ । लामो समयदेखि संरचना उपयोग गरेबापतको रकम नतिरेका सेवा प्रदायकले राजश्व बुझाएका हुन् ।

प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर लागु गरेदेखि नै सेवा प्रदायकले राजश्व तिर्न अडेरी गरिरहेकाले कारबाही गरेर असुल्ने अभियान चलाइएको छ ।

इन्टरनेट सेवा वा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमित पोल चार्ज वापत पोल भाडा अवस्था हेरेर झण्डै ९ हजारदेखि १४ हजार प्रति किमी तिर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३