विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका–१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत् प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो ।

गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रमुवावासीले अब बाह्रै महिना विद्युत् प्रयोग गर्न पाउने भएका छन् । १८ वर्ष अगाडि ठूलो खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि रमुवा गाउँमा बिजुली पुगेको थियो । तर खोलामा पानीको बहाव कम हुँदा समस्या भएको थियो । जसकारण गाउँमा बिजुली आपूर्तिमा समस्या हुँदै आएको थियो । 

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७६ किलोमिटर उत्तर पश्चिममा रहेको रमुवा तुलनात्मकरूपमा विकटमा पर्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको रमुवाका स्थानीय कृषि र पशुपालनमा आवद्ध रहँदै आएका छन् । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणमा सहज पुग्ने विश्वास लिइएको छ । 

गलकोट नगरपालिका–१० का पूर्वअध्यक्ष तिलक घर्ती मगरले केन्द्रीय प्रसारण लाइन नहुँदा रमुवाका हजारौँ नागरिक अन्धकारमा बस्नुका साथै सूचना सञ्चारबाछ टाढा हुनु परेको बताए । गाउँमा सञ्चालनमा रहेको लघु जलविद्युत् आयोजनाले एउटा चिम पनि नबल्न नसक्ने र नेपाल टेलिकमको टावरसमेत सञ्चालन नहुँदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको उनको भनाइ छ । अब ती समस्या समाधान हुने विश्वास लिएको घर्ती मगरले बताए । 

‘गाउँमा बिजुली छैन भन्दा घर–घरमा लाइन पुगेको थियो तर जलविद्युतले हिउँदको समयमा एउटा बल्ब (चिम) पनि बाल्न सक्दैनथ्यो, केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि धेरै प्रयास गर्‍यौँ, बल्ल आयो’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइनले यहाँका हजारौँ नागरिकको मुहारमा खुसी ल्याएको छ, अब बाह्रै महिना बिजुलीको सुविधा हुने छ, यसले स्थानीयको दैनिकीनै बदलिने अपेक्षा लिएका छौँ ।’ 

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले भौगोलिक विकटताका बाबजुत लामो समयको प्रयासमा यहाँ विद्युत् पुर्‍याउन सफल भएको बताए । अघिल्लो वर्षदेखि नै रमुवामा विद्युत् पुर्‍याउनका लागि काम गरेपनि यस वर्ष पुगेको उनको भनाइ छ । रमुवामा लाइन ल्याउनका लागि करिब डेढ करोड रकम खर्च भएको प्रमुख पौडेलले बताए । 

‘यो ठाउँ निकै विकट रहेछ, अघिल्लो वर्षनै विद्युत् पुर्‍याउने गरी काम गरेका थियौँ तर भौगोलिक विकटताका कारण पुर्‍याउन सकिएन, यस वर्ष बल्लतल्ल सकियो, रमुवा गाउँको मुख्य समस्या स्थानीय हाइड्रोपावरले टेलिकमको टावर सञ्चालन गर्न पनि सक्दो रहेनछ’, उनले भने । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit