विद्युत अपडेट

  • प्राधिकरण : १०१९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८०७१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२११ मे.वा.घन्टा
  • आयात : ४१५१ मे.वा.घन्टा
  • निर्यात : २१६७ मे.वा.घन्टा
  • ट्रिपिङ : २९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६५७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३०६ मे.वा.
२०८२ जेठ २२, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रालय र अन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार आयोजित उच्चस्तरीय समीक्षा बैठकमा बोल्दै मन्त्री मन्त्री खड्काले कर्मचारीलाई सक्रिय, जिम्मेवार र समयानुकूल सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिएका हुन् । 

‘मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिएको गुनासो आएको छ, अबदेखि तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी प्रक्रिया अघि बढाउनुहोस्,’ मन्त्री खड्काले भने ।

उनले हालसम्म मन्त्रालयअन्तर्गतको समग्र प्रगति चित्तबुझ्दो नभएको भन्दै असन्तोष व्यक्त गरे । कार्यसम्पादनमा पारदर्शिता, गति र उत्तरदायित्त्व कायम नगरेसम्म सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै मन्त्री खड्काले कर्मचारीलाई इमानदार र कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे । 

‘कर्मचारीलाई हामी स्थायी सरकार भन्छौँ तर व्यवहारमा स्थायित्त्व देखिँदैन,’ उनले भने, ‘अहिलेको कार्यशैली हेर्दा विद्यार्थीले रातभर पढेझैँ देखिन्छ तर नतिजा फेल हुनेजस्तो अवस्था छ, अब यस्तो स्वीकार्य हुँदैन ।’ उनले कामलाई गम्भीरताका साथ लिई लक्ष्य प्राप्तिका लागि पुरस्कार र दण्डको संयन्त्र अपनाएर अघि बढ्न आग्रह गरे ।

वर्षा ऋतु सुरु हुन लागेको सन्दर्भमा मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागलाई सूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिम न्यूनीकरणमा जोड दिन निर्देशन दिए । ‘वर्षासँगै आउने सम्भावित जोखिमको समयमै सूचना प्रवाह गरी जनस्तरसम्म सर्तकता पुर्‍याउनु आवश्यक छ,’ उनले भने । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा मन्त्रालयका सहसचिवलगायत सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा मन्त्रालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो । मन्त्री खड्काले प्रस्तुत विवरणको समीक्षापछि कार्यसम्पादन सुधार्न ठोस कार्ययोजना तयार पार्नसमेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३