विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतको उच्च माग बढेर १७३३ मेगावाट पुगेको छ । सोमबार भारतको बिहारमा अहिलेसम्मकै बढी विद्युत निर्यात हुँदा उच्च माग पनि बढ्न पुगेको हो ।

सोमबार (हिजो) भारतको बिहारमा अहिलेसम्मकै बढी विद्युत निर्यात भएको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार हिजो १३२ केभी रक्सौल–परवानीपुर र कुशाहा–कटैया विन्दुलगायत विन्दुबाट २००१ मेगावाट घन्टा विद्युत बिहारमा निर्यात भएको छ ।

‘आन्तरिक माग त खासै बढेको होइन,’ उनले ऊर्जा खबरसँग भने, ‘निर्यात बढी भएकाले मात्रै प्राधिकरणको तथ्यांकमा उच्च माग बढी देखिएको हो ।’  बिहार सरकारको माग अनुसारको परिमाणमा प्राधिकरणले भारतमा विद्युत पठाइरहेको पनि उनले बताए ।

प्राधिकरणले बिहान, साँझ र रातिको समयमा बिहारले मागेको समयमा विद्युत पठाइरहेको छ । बिहारसँग आयात–निर्यात भएको विद्युतको ‘नेट मिटरिङ’ हुँदै आएको छ । नेपालले हिउँदमा अहिले निर्यात गरिरहेकै प्रसारण लाइनमार्फत विद्युत आयात गर्ने गर्दछ ।

हिजो अहिलेसम्मकै बढी विद्युत निर्यात हुँदा ८१ मेगावाट घन्टा विद्युत भारतबाट नेपालतर्फ आएको छ । विद्युतको उच्च माग १७३३ मेगावाट पुग्दा विद्युत प्राधिकरणका जलविद्युतगृहबाट १०६१८ मेगावाट घन्टा, प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका जलविद्युतगृहबाट ७८५४ मेगावाट घन्टा, निजी क्षेत्रबाट १३२१३ मेगावाट घन्टा विद्युत उत्पादन भएको भट्टराईले जानकारी दिए ।

१२ मेगावाट घन्टा विद्युत प्रणालीबाट बिच्छेद भएको थियो । हिजोको कूल माग ३१ हजार ७ सय ७९ मेगावाट घन्टा रहेको विभागले जनाएको छ । बढी विद्युत खपत हुने ‘पिक आवर’ को उच्च माग बढेको देखिए पनि सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलेकाले रातको समयमा विद्युत खेर फाल्नु परेको अवस्था रहेको उनले बताए ।

‘अहिले बजारमा हल्ला चलेको जस्तो ४ सय मेगावाट नै खेर गइरहेको छ भनेर भन्न सकिँदैन । विद्युतको माग छिनछिनमा फरक पर्ने हुँदा खपत कम हुने समयमा विद्युत खेर गएको कुरा भने सत्य हो’ उनले भने ।

हिउँदमा आन्तरिक उत्पादन घटेका बेला साढे ८ सय मेगावाटसम्म विद्युत आयात गरिएकोमा बर्खामा आन्तरिक उत्पादन बढे यता प्राधिकरणले भारततर्फ विद्युत पठाइरहेको छ । प्राधिकरणले आन्तरिक उत्पादन बढी भएको समयमा दिने र आवश्यक परेको समयमा लिने गरी अहिले बिहारमा विद्युत निर्यात गरिरहेको छ ।

निशेधाज्ञा खुलेपछि उद्योगहरू पूर्ण क्षमतामा चलिरहेकाले आन्तरिक खपत पनि केही बढेको विभागका उप–प्रबन्धक दीपक धितालले बताए । ‘तराईमा गर्मी कम भइनसकेकाले खपत बढेकै छ । उद्योगसमेत पूर्ण क्षमतामा चलेकाले विद्युत माग उकालो लागेको छ’ उनले भने ।

आर्थिक वर्ष २०७७/७८ मा भारतबाट नेपालतर्फ २२ अर्ब रुपैयाँको विद्युत आयात गरेर प्राधिकरणले आपूर्ति व्यवस्थापन गरेको थियो । बर्खामा आन्तरिक उत्पादन बढी हुने भए पनि हिउँदमा अझै केही वर्ष भारतको विद्युतमा निर्भर हुनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit