विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विश्व व्यापार संगठनमा नेपाल प्रवेशको २० वर्ष

काठमाडौँ । राज्यले दशकौँदेखि कृषि र ऊर्जा क्षेत्रलाई समृद्धिको आधार मान्दै आए पनि यसबाट देशले ठूलो मात्रामा व्यापारघाटा बेहोर्नु परेको विज्ञहरूले निष्कर्ष निकालेका छन् । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट (कुसुम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले विश्व व्यापार संगठन (डब्लुटिओ) मा नेपालको प्रवेशको २० वर्ष शीर्षकमा भएको अन्तरक्रियामा यस्तो निष्कर्ष निकालिएको हो ।

विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठनको सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको पनि बताएका छन् । कार्यक्रममा केयूका रजिष्टार प्रा. डा. अच्युत वाग्लेले हरेक वर्ष व्यापारघाटा बढ्दै जानु, नेपालले व्यापार प्रतिस्पर्धा गर्न नसक्नु मुख्य समस्या रहेको बताए । ‘यस्ता विषयमा निरन्तर छलफल गर्नुपर्ने छ, हरेक नीति–नियम अनुसन्धान र तथ्यांक तयार गरी त्यसको विश्लेषणका आधारमा अगाडि बढ्नुपर्ने देखिन्छ,’ उनले भने ।

यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्‍व पौडेलले पनि विश्व व्यापारबाट अपेक्षित लाभ उठाउन नसकिको बताए । नेपालले खुला बजार नीतिहरू अवलम्बन गरे पनि नेपालको व्यापारमा त्यसको योगदान नपुगेको उनको भनाइ थियो ।

‘कृषि र ऊर्जा क्षेत्रबाट मात्रै ठूलो मात्रामा व्यापार घाटा बेहोर्नु परेको छ, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारत तथा चीनको हिस्सा महत्वपूर्ण छ,’ उनले भने, ‘द्विपक्षीय व्यापारलाई क्रमशः क्षेत्रीय व्यापारको रूपमा विकास गर्नुपर्ने देखिएको छ ।’ अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्र दुवैको समेत योगदान एक साथ घटेर सेवा क्षेत्रको हिस्सा बढ्दै गएको निचोड प्रस्तुत गरेका थिए । उनका अनुसार अहिले नेपालको कुल व्यापारघाटामा कृषि र पेट्रोलियमको ४० प्रतिशत हिस्सा रहेको छ ।

आयोगका सदस्य सचिव डा. तोयानारायण ज्ञवालीले डब्लुटिओको सदस्य बनेपछि पाउनुपर्ने धेरै लाभहरू पाए पनि व्यापारघाटा बढ्नुमा प्रतिस्पर्धी सामान उत्पादन गर्न नसक्नु रहेको बताए । ‘नेपाल डब्लुटिओको सदस्य भएदेखि ३४ वर्षको समय बिताए पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन,’ उनले भने ।

नेपालले सन् २००४ मा १४७औँ राष्ट्रको रूपमा डब्लुटिओको सदस्यता पाएको थियो । विश्व बजारसँग जोडिने लक्ष्य राखेर सदस्य बनेको नेपालले अहिले १५० राष्ट्रसँग व्यापार गर्दै आएको छ । व्यापार नीतिहरू अनुमानयोग्य र पारदर्शी नहुँदा समस्या परेकोमा अहिले त्यस्तो नरहेको, कतिपय प्राविधिक सहयोग पाएको, बजार पहुँच विस्तार गरेको समेत विज्ञहरूले निचोड निकालेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले आपूर्ति श्रृखला वैदेशिक व्यापारको अभिन्न अंग रहेको बताए । ‘ढुवानी तथा आपूर्ति श्रृखलासँगै नेपालको अक्सन बजारमार्फत अन्तर्राष्ट्रिय बजार पहँुच र क्रेता पहिचानमा ठूलो भूमिका छ,’ उनले भने, ‘अक्सन बजार व्यवस्थापन नेपालको मात्रै नभएर सबै भूपरिवेष्ठित राष्ट्रहरूको साझा मुद्दा भएको छ । अक्सन बजार व्यवस्थापन भू–राजनीतिक विषय भएकाले क्रसबोर्डर छलफलबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

प्यानल छलफलका क्रममा साउथ एसिया वाच अन ट्रेड एण्ड इन्भारमेन्ट (सावती) का कार्यकारी निर्देशक डा. पारस खरेलले विश्‍व व्यापार संगठनको सदस्य भएपछि व्यापार सहजीकरणका लागि धेरै काम भएको बताए । यही कारण आयातनिर्यात दुवैलाई प्रोत्साहन पुगेको उनको भनाइ थियो ।

डब्लुटिओको सदस्य भन्दा अन्य सम्झौताहरूका कारणले आयात शुल्क लगाउन नसकिएको बताइएको छ । चामलकै हकमा पनि ५० प्रतिशत जति भन्सार शुल्क लगाउन छुट भएको तर द्विपक्षीय सन्धिका कारण नसकिएको निचोड निकालिएको थियो । स्वदेशी बजार प्रतिस्पर्धी नबनेसम्म निर्यातको लाभ उठाउन नसकिने अधिकांशको भनाइ थियो ।

कृषिविज्ञ डा. यमुना घलेले डब्लुटिओको सदस्य बन्ने बेलामै फाइदा तथा बेफाइदाका बारेमा छलफल गराउन नसकिएको बताइन् । सरकारी निकायले व्यापक छलफल नगराएका कारण अन्तर्राष्ट्रिय मञ्चमा पर्याप्त नगोसियसन गर्न नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३