विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समयमा नेपालमा उत्पादित विद्युत खपत बढाउने व्यापक चर्चा चलिरहँदा आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा करिब २ लाख विद्युतीय चुलो आयात भएका छन् । आवको साउनदेखि जेठसम्मको अवधिमा उक्त परिणामको विद्युतीय चुलो नेपालमा भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार जेठ सम्ममा १ लाख ९७ हजार ३ सय ७ वटा विद्युतीय चुलो आयात भएका छन् । त्यसमध्ये सबैभन्दा बढी इन्डक्सन चुलो रहेको छ । १ लाख २३ हजार ६ सय ५९ वटा इन्डक्सन चुलो र ७३ हजार ६ सय ४८ वटा इन्फारेट चुलो भित्रिएको विभागको वेपसाइटमा उल्लेख छ । अघिल्ले महिनामा १ लाख ६ हजार ९ सय २ वटा इन्डक्सन र ६९ हजार १ सय ६१ वटा इन्फारेट चुलो भित्रिएका थिए । 

आयात भएको इन्डक्सन मध्ये सबैभन्दा बढी चाइनबाट आएको विभागले जनाएको छ । चाइनाबाट १ लाख २ हजार ८ सय ९६ वटा, भारतबाट २० हजार ६ सय ९३ वटा, मलेसियाबाट ५० वटा, कतारबाट १४ वटा, सिंगापुरबाट ४ वटा चुलो भित्रिएका छन् । यस्तै, युनाइटेड अरब इमिरेट र युनाईटेड स्टेटबाट १÷१ वटा इन्डक्सन चुलो ल्याइएको छ । 

यसैगरी, चाइनाबाट ७१ हजार ६ सय ४७ वटा र २००१ वटा इन्फ्रारेट चुलो आयात भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ । विद्युतीय चुलो प्रयोग गर्दा छिटो छरितो हुने र विजुलीको पनि खपत हुने भएकाले अहिले नेपाली जनाताहरु विद्युतीय चुलो प्रति लक्षित भएका छन् । एलपिजी ग्यास भन्दा सजिलो हुने भएकाले हाल नेपालले विद्युतीय चुलोलाई बढी प्राथामिकता दिनुका साथै प्रयोग गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३