विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगकी नवनियुक्त सदस्य भागिरथी भट्टराई ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् । फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको सदस्यमा भट्टराईलाई नियुक्त गरेको थियो । सदस्य नियुक्त भट्टराईले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा मन्त्रालयमा सपथ ग्रहण गरेकी हुन् । उनलाई विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराए ।
 
यसअघि वि.सं. २०७६ देखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्यको जिम्मेवारीमा रहकी भट्टराईले शुक्रबार दोस्रो कार्यकालका लागि शपथ लिएकी हुन् । आयोग स्थापनाकालमा सदस्य रहेकी भट्टराईले सोही समयमा विद्युत्को उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रूपमा काम गरेकी थिइन् ।

अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तरसम्म अध्ययन गरेकी ५९ वर्षीया भट्टराई वि.सं. २०६९ देखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य रहेकी थिइन् । उनी यसअघि ग्लोबल आईएमई बैँकको स्वतन्त्र सञ्चालक थिइन् । शपथग्रहण समारोहमा बोल्दै उmर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ढिलै भए पनि नियमन आयोगले पूर्णता पाएको भन्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताए । ‘सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पूरा गर्न नियमनकारी निकायको जिम्मेवारी अझ बढी छ,’ मन्त्री खड्काले भने ।

प्रसारण लाइन निर्माणमा निजी क्षेत्र सहभागी गराउँदै गर्दा ह्विलिङ् चार्जको विषय चाँडो टुङ्ग्याउनुपर्ने समेत बताइन् । सरकारले लिएको उmर्जा विकासको लक्ष्य पूरा गर्न आयोग सारथीका रूपमा उभिनुपर्ने मन्त्री खड्काको भनाइ थियो । उनले बढी विद्युत् खरिद गर्नेलाई कसरी सहुलियत दरमा विद्युत् उपलब्ध गराउन सकिन्छ त्यसबारे समेत आयोगले अध्ययन गर्नुपर्ने उल्लेख गरे ।

याे पनि पदरिक्त भएको १० महिनापछि महिला सदस्यमा भागिरथी भट्टराई (ज्ञवाली) नियुक्त 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले पछिल्लो समय नियमनकारी निकायको महत्त्व र भूमिका बढ्दै गएको भन्दै आफ्नो ज्ञान, सीप र क्षमतालाई आयोगमा अधिकतम रूपमा लगाउन आग्रह गरे । विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले लिएको उmर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न आयोगले काम गरिरहेको उल्लेख गरे । उनले आयोगले पूर्णता पाएकाले अब ‘टिमवर्क’ बाट सकारात्मक परिणाम निकाल्ने गरी काम गर्ने बताए ।

कार्यक्रममा सिँचाइ सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र विद्युत् नियमन आयोगका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३