विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त समिति (जेएससी) अन्तर्गत बुधबार (भदौ ८ गते) सम्पन्न भएको सहसचिवस्तरकाे बैठकले दुई देशबीच ऊर्जा व्यापार सम्झौता (पिटिए) गर्न सिफारिस गरेको छ । बैठकले सम्झौताको मस्यौदा तयार गर्न सिफारिस गरेको ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।

बिहीबार (भदौ ९ गते) बस्ने सचिवस्तरीय बैंठकले यो सिफारिसलाई अनुमोदन गरेपछि यी देशहरूबीच विद्युत व्यापार सम्झौता गर्ने बाटो खुल्नेछ । दुवै देशले आ–आफ्नो तर्फबाट भारतप्रति दृष्टिकोण राख्ने सहमति गरेको बैठकमा सहभागी एक सदस्यले बताए । ‘त्यसपछि विकासका आधारमा दुवै देशले भारतसहित त्रिपक्षीय बैठक सुरु गर्नेछन्,’ स्रोतले भन्याे ।

बैठकमा दुवै देशका १५–१५ जना सचिव, सहसचिव लगायत उच्च पदाधिकारीको सहभागिता थियो । सहसचिवस्तरीय बैठकमा विद्युत व्यापारका साथै लगानीका लागि चासो राखेको ६८६ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचाबारे समेत छलफल गरिनेछ । यसको लागि बंगलादेशको प्राविधिक टोलीले मंगलबार (भदौ ७ गते) आयोजनाको स्थलगत भ्रमण गरेको छ ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, सहसचिव मधुप्रसाद भेटुवाल लगायत १५ जना र बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमान सहितको टोली सहभागी भएको मन्त्रालयले जानकारी दिएको छ ।

२०७८ साल भदौ २८ र २९ गते भर्चुअलमार्फत भएको तेस्रो बैठकमा आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने निर्णय भएको थियो । रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने आयोजनाको सरकारले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदनअनुसार आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ५९ अर्ब ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

आयोजना सन् २०२५ मा निर्माण सुरु गरेर २०३१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन हुने सुनकोसी–३ को अधिकतम उचाई १६५ मिटर हुने अध्ययनले देखाएको छ ।

यसअघि श्रीलंकामा भएको बैंठकमा दुवै देशको दीर्घकालीन ऊर्जा व्यापारका उपायका रूपमा भारतको सहभागितामा नेपाल–बंगलादेश डेडिकेटेड प्रसारण लाइन निर्माण कार्य अघि बढाउने निर्णय भएको थियो । बंगलादेशले नेपालको विद्युत खरिदका लागि चासो देखाउँदै आएको छ । बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाको ५ सय मेगावाट विद्युत किन्न प्रस्ताव समेत अघि सारेको छ ।

काभ्रे, सिन्धुपाल्चोक र रामेछापलाई छुने सुनकोसी–३ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको कोसी बेसिन गुरुयोजनाबाट पहिचान भएको थियो । आयोजनाको अध्ययन पूरा हुना साथ चौथो सचिवस्तरीय बैठकबाट अनुमोदन गरी निर्माण प्रक्रिया अगाडि बढाउने बताइएको थियो । तेस्रो बैठकमा सुनकोसीसँगै १५४७ मेगावाटको खिम्ती शिवालयसमेत निर्माण अगाडि बढाउने छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३