विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी चन्द्रपुर–सुकदेवचौक प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह गर्न ३६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको चन्दुनिगाहपुर सबस्टेसनदेखि सोही जिल्लाको यमुनामाई गाउँपालिका–४, सरुअठामा प्रस्तावित सरुअठा सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ ।

विभागले लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र राय/सुझाव पेश गर्न पनि आग्रह गरेको छ । 

३६ किलोमिटर लामो लाइनमा ११७ वटा पोल खडा गरिनेछ । टावरहरूको उचाई अधिकतम ४२.५३ मिटरसम्म रहनेछ भने टावरहरूबीचको दूरी १२६.७५ मिटरदेखि ३६५.२३ मिटरसम्म हुने अध्ययनले देखाएको छ । 

आयोजनाको लागि कुल ६८.६४ हेक्टर जग्गा आवश्यक पर्नेछ । प्रसारण लाइन निर्माणको काम ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit