विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गुल्मी जिल्लाको मालिका गाउँपालिका मर्भुङमा निर्माण भएको ३३ केभी सबस्टेसन शनिबारदेखि सफलतापूर्वक सञ्चालन (चार्ज) मा आएको छ । निर्माण सुरु भएको करिब ५ वर्षपछि अनेक समस्याको समधान गर्दै सबस्टेसन सञ्चालनमा ल्याइएको हो ।

विश्व बैंकको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले ‘ग्रिड सोलार इफिसियन्सी प्रोजेक्ट’ अन्तर्गत सन् २०१७ मा ठेक्का सम्झौता भई २०१८ बाट काम सुरु गरेको थियो । कोरोना महामारी (कोभिड–१९), जग्गाको मुआब्जा विवाद जस्ता कारणले निर्माणमा ढिलाई भएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहायक प्रबन्धक प्रकाश रावतले बताए ।

‘प्रसारण लाइन तथा जग्गाको मुआब्जाका कारण धेरै विवाद भयो, काम पनि लक्ष्य अनुसार अगाडि बढ्न सकेको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय निकाय तथा सम्बद्ध पक्षसँगको नियमित छलफल तथा वार्तापछि स्थानीयलाई चित्त बुझाएर काम सम्पन्न भयो र शनिबारदेखि चार्ज भएको छ ।’

उक्त सबस्टेसनमा बुटवल, पाल्पा, बीरबास हुँदै मर्भुङसम्म विद्युत् पुर्‍याइएको छ । वास्तु सबस्टेसन त्यसअघि नै निर्माण भए पनि आपूर्तिमा समस्या आएपछि विकल्पको रूपमा मर्भुङमा अर्को सबस्टेसन निर्माण गरिएको रावतले जानकारी दिए । यसबाट करिब २५०० घरधुरीको विद्युत् आपूर्तिको गुणस्तरमा सुधार हुने विश्वास लिइएको छ ।

३३ केभी वितरण लाइनमा विवाद आई पूर्वनिर्धारित समयभन्दा ढिलो भए पनि सफलताका साथ काम पूरा गरिएको निर्माण जय दुर्गे इन्जिनियरिङका प्रबन्ध निर्देशक पद्मसागर लुइँटेलले बताए । ‘स्थानीय वा प्राविधिक कारणले केही ढिलाइ भए पनि हामी निरन्तर काममा खटियौँ र परिणाम देखिएको छ,’ उनले भने, ‘काम गर्दै जाँदा समस्या त आइहाल्छन्, तत्‌तत् ठाउँमै बसेर तिनको समाधान गर्न सकियो भने आयोजना पूरा गर्न सकिन्छ ।’

एटुजेड इन्फ्रा तथा जय दुर्गे इन्जिनियरिङ जेभीले उक्त सबस्टेसनसहित ८ किलोमिटर ३३ केभी वितरण लाइन पनि निर्माण गरेको छ । सबस्टेसनमा ३ एमभिएको ट्रान्सफर्मर जडान गरिएको छ । ‘ग्रिड सोलार इफिसियन्सी प्रोजेक्ट’ अन्तर्गत निर्माण गर्नुपर्ने ८ वटा सबस्टेसनमध्ये ६ वटा पूरा भइसकेको छन् । सिन्धुली र अर्घाखाँचीमा काम भइरहेको लुइँटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit