विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले चालू आर्थिक वर्षभित्र गण्डकी प्रदेशको बागलुङ जिल्लामा पूर्ण विद्युतीकरण गर्ने भएको छ । २०७९ असारभित्र जिल्लाका सबै घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याउन लागेको हो ।

विद्युत पहुँच पुग्न बाँकी तमनखोला र निसी खोला गाउँपालिकामा वितरण प्रणाली विस्तार गरी विद्युतीकरण गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले बताए । उनका अनुसार यी पालिकामा अहिलेसम्म राष्ट्रिय प्रणालीको विद्युत पुगेको छैन् ।

गत आर्थिक वर्ष (२०७७/७८) मा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका केही वडामा ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत पहिलो पटक केन्द्रीय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याइएको छ । ‘ढोरपाटन र बढीगाडमा ५० प्रतिशत विद्युतीकरण भइसकेको छ’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी ५० प्रतिशतमा पनि चालू आर्थिक वर्षभित्र विद्युत सेवा पुर्याउने गरी काम गरिरहेका छौं ।’

यो जिल्ला अन्तर्गत ६ वटा गाउँपालिका र ४ वटा नगरपालिका छन् । जिल्लाका ६ पालिक पूर्णमा विद्युतीकरण भइसकेको छ । बरेङ गाउँपालिकामा पनि गत फागुनमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

वितरण केन्द्रले गत आवमा विभिन्न ठाउँमा करिब ६० किलोमिटर प्रसारण तथा वितरण लाइन निर्माण गरी जिल्लामा विद्युत सेवा विस्तार गरेको हो । विद्युतीकरण विस्तारका क्रममा ३० वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।

स्थानीयलालाई विद्युत महसुल तिर्न समस्या परेकाले ग्राहकको सहजताका लागि ढोरपाटन नगरपालिको बुर्तिबाङमा महसुल संकलन काउन्टर सञ्चालनमा ल्याएको गोशेलीले बताए । वितरण केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने ३० हजार ८३ ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit