विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संखुवासभामा प्रस्तावित १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने विषय विश्व बैंकको प्राथमिकतामा रहेको वैंकका दक्षिण एशिया क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग बिहीबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा हालसम्म वित्तीय व्यवस्थापन हुन सकेको छैन । 

भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो । छलफलका क्रममा ऊर्जा मन्त्री खड्काले नेपालका जलविद्युत् आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै माथिल्लो अरुणमा लगानी गर्ने विषय चाँडो टुङ्गोमा पुर्‍ याउन आग्रह गरेका थिए । 

त्यस्तै, विद्युत् आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । क्षेत्रीय निर्देशक गुप्ताले नेपाललाई विश्व बैंकको लगानी आगामी दिनमा पनि जारी रहने बताएका थिए ।

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३