विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ४०० केभी नयाँ बुटवल–लमही डबल सर्किट प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन  तयारीको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीदेखि दाङमा निर्माण गर्न लागिएको लाइनको आइईईको काम अन्तिम चरणमा पुगेको हो ।

प्राधिकरणले १६० किलोमिटर लामाे लाइनको प्रारम्भिक वातावरणी परीक्षण प्रतिवेदन तयार पार्न सार्वजनिक सूचना जारी गरेको छ । अहिले लाइनको प्रतिवेदन बनाउने काम भइरहेको छ ।

पश्चिम नवलपारासीको सुनवल नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उप–महानगरपालिका, सैनामैना नगरपालिका, कपिलवस्तु जिल्लाको वाणगंगा, बुद्धभुमि र शिवराज नगरापालिका, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका र दाङ जिल्लाको गढवा गाउँपालिका, राप्ती गाउँपालिका हुँदै लमही नगरपालिकासम्म लाइन प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

लाइन नयाँ बुटवल सबस्टेसनबाट सुरु भएर रुपेन्देही र कपिलवस्तुको मोतिपुर, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेसनमा टुंगिनेछ ।
प्राधिकरणले लाइन निर्माण गर्दा पर्न सक्ने प्रभावको बारेमा राय/सुझाव माग गरेको छ ।

लाइनले सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, सामाजिक, आर्थिक प्रणालीबीच के–कस्तो प्रभाव पदर्छ भनी यकिन गर्न सो संस्थाको पालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय/सुझाव माग गरेको छ । इच्छुकले आगामी ७ दिनभित्र राय/सुझाव प्राधिकरणको कार्यालय वा पराशर्मदाता कम्पन इस्किस्स कन्सल्टिङ सर्भिस प्रालिमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit