विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको बिगू गाउँपालिका–४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनले कामदारमाथि ज्यादति गरेको छ । कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक–पटक सामुहिक आक्रमण र कुटपिट गर्ने गरिएको हो ।

काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा ठेकेदार कम्पनीले सहयोग पुर्‍याउनुको साटो पीडितलाई  धम्क्याएको तथा सामान्य विवादमा पनि लक लगाएर मार्न खोजेको नेपाली कामदारहरू आरोप छ । जरिवाना तिराउने, कामबाट हटाउने जस्ता गतिविधी गरेको भन्दै अहिले नेपाली कामदारले काम ठप्प पारेका छन् ।

गत कार्तिक ८ गते २५ जना मिस्त्रीलाई मसला बनाएर ठेलामार्फत पर्खाल लगाउने ठाउँमा पुर्‍याउने जिम्मा २ जना नेपाली कामदारले पाएका थिए । २५ जना मिस्त्रीका लागि २ जनाले सिमेन्ट, गिटी, बालुवा मिश्रण गरी ढुवानी गर्न निकै कठिन हुने कामदारको भनाइ छ । ढिलो काम गरेको भन्दै सिनो हाइड्रोका फोरमेनले बिहानदेखि नै गाली–गलौज गरेको कामदारहरूको गुनासो छ ।

नेपाली कामदारहरू कुमार श्रेष्ठ र ज्ञानबहादुर तामाङ मसला बनाउने काममा खटिरहेका थिए । सोही समयमा कम्पनीका फोरमेनहरू माइल र लिफानले बेस्सरी गाली–गलौज गर्दै हातपात गरेको प्रत्यक्षदर्शी समेत रहेका अर्का कामदार पुस्कर तामाङले बताए । मसला ढिला बनाएको बहानामा चाइनिजले अभद्र व्यवहार गरेपछि नेपाली कामदार र चिनियाँ फोरमेनबिच हात हालाहाल भएको पनि उनको भनाइ थियो ।

नेपाली कामदारले सामान्य झगडालाई लिएर चाइनिजले ज्ञानबहादुरलाई लक लगाएर मार्न खोजेको आरोप लगाएका छन् । घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार लिफानले ज्ञानबहादुरलाई लक लगाएको र माइलले कुटपिट गरेका थिए । एक जनाले लक लगाएको र अर्कोले मरणाशन्न हुने गरी कुटपिट गरेपछि नेपालीले झगडा छुट्याएको र चाइनिजहरूलाई समेत हातपात गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

झण्डै २ महिनाअघि पनि दोर्जे तामाङको गाडीको ढालामा परि दुर्घटना हुँदा अर्का एक फोरमेनले लक लगाएर मार्न खोजेको आरोप छ । दोर्जे अहिले उपचाररत छन् । उनको दाँहिने हातको एउटा औंला गुमेको छ भने अन्य थुप्रै स्वास्थ्य समस्या देखिएको छ । अन्य समयमा पनि चाइनिजहरूले नेपाली कामदारलाई दुव्र्यवहार गर्दै आएको बताइएको छ ।

पीडित कामदारलाई कामबाट बर्खास्त

ठेकेदारका कर्मचारीले कुटपिट गरी घाइते बनाएका कामदारलाई कम्पनीले कामबाट बर्खास्त गरेको छ । सिनो हाइड्रो केएसएनएस जेभीले आयोजनामा झैझगडा गरेको भन्दै नेपाली कामदारहरू ज्ञानबहादुर तामाङ, कुमार श्रेष्ठ र पुस्कर तामाङलाई बर्खास्त गरेको पत्र प्रहरी समक्ष पेश गरेको छ । त्यस्तै, नेपाली कामदारहरू सञ्जय ठकुरी र श्यामकुमार ठकुरीलाई मासिक ५ हजार जरिवाना र चेतावनी सूचीमा राखेर कारबाही गरिएको कम्पनीको पत्रमा उल्लेख छ ।

उता ठेकेदार पक्षका फोरमेनलाई भने सामान्य आर्थिक जरिवाना बाहेक कुनै कारबाही नगरेको नेपाली कामदारले बताएका छन् । कामदारमाथी कुटपिट गर्ने र कामबाट बर्खास्त गरेको भन्दै २ सयभन्दा धेरै नेपाली कामदारले काम छोडेर आन्दोलन गरिरहेको जनाइएको छ । उनीहरूले चिनियाँ कम्पनी तथा कामदारको गुण्डागर्दी अन्त्य हुनुपर्ने, कामबाट निकालिएका मजदुरको पुनर्वहाली हुनुपर्ने, श्रम ऐनको बर्खिलाप हुने गरी असमान ज्याला दिई श्रमशोषण गरेकाले तत्काल ऐनले तोके अनुसार सुविधा दिनुपर्ने लगायत माग राखेर आन्दोलन गरिरहेका छन् ।

कम्पनीले सिंगटीका ५ जना युवालाई आफूहरूलाई दबाउन दादा–भत्ता समेत दिएको आरोप लगाएका छन् । आन्दोलनमा प्रहरीले समेत कम्पनीसँग मिलेर असहयोग गरेको गुनासो छ । प्रहरीले समेत थर्काउने, धरपक्कड गर्न खोज्ने, शान्तिपूर्ण आन्दोलनमा बाक्लो संख्यामा प्रहरी परिचालन गरी नेपाली कामदारकै हुर्मत लिने गतिविधि गरेको गुनासो पनि छ । इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी प्रमुख महेन्द्र दर्नालले भने कामदारहरूले लगाएको आरोप सत्य नभएको बताए । प्रहरीको काम सुरक्षासँग मात्रै जोडिएकाले त्यसको प्रत्याभूति गराउने काममा मात्रै प्रहरीले काम गरेको उनको भनाइ छ ।

ऊर्जा मन्त्रालय र प्राधिकरणको ध्यानाकर्षण होस् : शिवाकोटी

नेपाली काँग्रेस दोलखाका नेता तथा पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ठेकेदारले नेपाली कामदारमाथि गरेको अमानवीय व्यवहारप्रति घोर भत्सना गर्दै उसलाई तत्काल कारबाही गर्नुपर्ने बताए । नेपाली कामदारको समस्या समाधान गर्न र नेपालको कानुनलाई समेत नमान्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

कामदार कुट्न दादा–भत्ता दिएर गुण्डाहरू पालेको विषयमा प्रहरी प्रशासनले समेत ध्यान नदिएको भन्दै उनले आलोचना गरेका छन् । आयोजनास्थल पुगेका इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक दर्नाललाई समेत इंगित गर्दै उनले तत्काल छानबिन गर्न माग गरेका छन् ।

स्थानीय तहसँग छैन समन्वय

आयोजना निर्माणस्थल बिगू गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीले पनि ठेकेदारले प्रचलित नियम कानुन नमान्ने गरेको गुनासो गरे । स्थानीय तहसँग आवश्यक समन्वय नगर्ने, नीति–नियमको बर्खीलाप गर्ने र आफैँले समन्वय गराउन खोज्दा अराजक प्रतिक्रिया दिने गरेको उनको भनाइ छ । दुवै पक्षलाई राखेर सहमति गराउन खोज्दा समेत सहमति हुन नसकेको ओलीले प्रस्ट पारे ।

अध्यक्ष ओलीले स्थानीय तहको नियमविपरित मध्यवर्षाको समयमा आफूखुशी नदीमा मेसीन प्रयोग गरेर गिटी बालुवा झिक्ने जस्ता अवैध कामहरू कम्पनीले गरिरहेको बताए । ‘कामदारको ज्याला समेत श्रम ऐनअनुसार नपाएर गुनासो गर्दै मेरो कार्यालयमा आउने गरेका छन्,’ उनले भने, ‘यस सम्बन्धमा मातहतका निकायको ध्यानाकर्षणसमेत गराइएको छ ।’ आयोजनामा विदेशी कम्पनीको गुण्डागर्दी मान्य नहुने र प्रशासनिक निकायको भूमिकाप्रति पनि शंका गर्नुपर्ने स्थिति देखिएको उनको भनाइ छ ।

सिनो हाइड्रोले गत साउनमा जबरजस्ती नदीमा मेसीन प्रयोग गरी अवैधरूपमा निर्माण सामग्री उत्खनन् गरेको अभियोगमा जिल्ला समन्वय समिति दोलखाले उपकरणहरू नियन्त्रणमा लिई कारबाही गरेको थियो । दोलखाका समिति प्रमुख बर्जुराम घतानीले नियम विपरित बर्षात्मा नदी उत्खनन गरेको पाइएकाले उक्त कम्पनीलाई २ लाख ९० हजार जरिवाना लिइएको थियो ।

कामदारको माग पूरा गर्न सकिँदैन :  सिनो हाइड्रो

सिनो हाइड्रो केएस एनएस जेभिका प्रमुख चेन जेङ्वीले कम्पनीमा अराजकता बढेकोले उनीहरूलाई कारबाही गरिएको बताए । उनले आफूहरूले नेपाली कामदारलाई अवसर दिएको सङ्केत गर्दै अनावश्यक माग पूरा गर्न नसकिने जनाए ।

सहमतिको प्रयत्न गर्छौ : भण्डारी

तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले कामदार र ठेकेदार कम्पनीसँग बसेर सहमति गर्ने पक्षमा आयोजना रहेको बताए । ‘अन्य थुप्रै मागहरू नेपाली कामदारले राखेका छन्, तिनका विषयमा पनि दुवै पक्षलाई राखेर छलफल गरी निष्कर्ष निकालिने छ,’ उनले भने, ‘आयोजनाको काम ठप्प हुँदा निकै क्षति पुगेको हुँदा समस्या समाधान गर्न सबै पक्षले पहल गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३