विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाेलखा । ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत आयोजना आगामी आर्थिक वर्षबाट निर्माणमा जाने भएको छ । माथिल्लो तामाकोसीको क्यासकेड रहने यो आयोजना २०७८ सालभित्रै निर्माणमा जान लागेको हो ।

आयोजनामा आवश्यक ऋण लगानी जुटेपछि आउने आर्थिक वर्षबाट संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले बताए । ‘अहिले आयोजनामा ऋण लगानी जुटाउने सम्बन्धमा बैंक तथा वित्तीय संस्थासँग परामर्श भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ऋण दाताको टुंगो लागेपछि ठेकेदार छनोट गरेर निर्माण सुरु गर्छौं ।’

उनले एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) र कर्मचारी सञ्चय कोषले आयोजनामा ऋण लगानी गर्न इच्छा देखाएको बताए । १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कूल लागतको ७० प्रतिशत ऋण लगानी जुटाइनेछ ।

सम्भव भएसम्म एउटै संस्थाबाट वा २ वटै संख्याबाट ऋण लिने गरीको निर्णय हुनसक्ने सम्भावना रहेको प्रधानले जानकारी दिए । ‘आयोजनाका लागि वित्तीय स्रोत जुटेपछि मात्रै ठेक्का आह्वान गर्न मिल्छ । स्वदेशी तथा विदेशी वित्तीय संस्थासँगबाट ऋण लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ’ उनले भने ।

सरकारले एआईआईबीबाट ऋण लिन अर्थमन्त्रालयमार्फत प्रक्रिया अघि बढाएको छ । एआइआइबीले पनि आयोजनामा ऋण लगानीका लागिसरकारलाई ९ लाख अमेरिकी डलर अनुदान सहयोग गरेर हग्लर बेल्ली पाकिस्तानलाई परामर्शदाताकोरूपमा नियुक्त गरी आयोजनाले पार्ने जैविकविविधताका बारेमा अध्ययन गराउँदैछ । परामर्शदाताको प्रतिवेदनपछि मात्रै एआइआइले वित्तीय व्यवस्थापनको निर्णय गर्नेछ । 

तामाकोसी पाँचौं माथिल्लो तामाकोसीको क्यासकेट आयोजना हो । यो आयोजनामा छुट्टै बाँध निर्माण गर्नुपर्दैन । आयोजनाको जर्मन परामर्शदाता ल्याह्मेरले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) अनुसार आयोजनाको क्षमता ९९.५ मेगावाट र लागत १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । 

आयोजनामा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निकास सुरुङबाट निस्कने पानी  ८ किलोमिटर लामो सुरुङ बनाई विगू गाउँपालिका–४ सुरीटारमा भूमिगत विद्युतगृह बनाएर खसाली विद्युत उत्पादन गरिनेछ । 

निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजना २ प्याकेजमा निर्माण गरिने प्रधानले बताए । पहिलो प्याकेजमा सिभिल तथा हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल तथा प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत माथिल्लो तामाकोसीले निर्माण गरेको २२० केभीको गोंगर–न्यू खिम्ती प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । 

आवास क्षेत्रको निर्माण सुरु
आयोजना स्थल दोलखामा आवास क्षेत्रको निर्माण सुरु गरिएको छ । जिल्लाको विगू गाउँपालिका–३ जामुनेमा आयोजनाको कार्यालय तथा आवासगृहको निर्माण सुरु गरिएको हो । कम्पनीले सरकारको अनुदानबाट भवन निर्माण गरिरहेको हो ।

कार्यालय तथा आवासगृह निर्माण गर्न  २५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । अबको १८ महिनामा भवन निर्माण कार्य पूरा गर्ने योजना रहेको  इन्जिनियर मनिस भण्डारीले बताए ।

गत माघबाटै काम सुरु गरिएकाले २०७९ असारभित्र पूरा हुने उनले बताए । आवास क्षेत्रमा विभिन्न प्रयोजनका लागि १६ भवन निर्माण हुनेछन् । भवन निर्माण हुने स्थलको माटो परीक्षण पूरा गरी जग हाल्ने काम सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit