विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे अन्तर्गत रसुवामा निर्माण भइरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण पूरा हुने अवधि अनिश्चित बनेको छ । हरेक वर्ष भइरहने पहिलो र नदीमा आउने बाढीले निर्माण भएका संरचनामा क्षति पुग्दा निर्माण अवधि धकेलिँदै गएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत फागुनमा स्थलगत अवलोकन गरी २०७९ बैशाख १ गते आयोजनाबाट विद्युत् उत्पादन हुने गरी काम गर्न निर्देशन दिएका थिए । बैशाखमै पूरा नभए पनि असारसम्म विद्युत् उत्पादनको चरणमा पुर्याउन सकिने आयोजनाको लक्ष्य छ । तर, असार लाग्ने वित्तिकै निरन्तर झरी परेपछि नदीमा बाढी आएर संरचनामा क्षति पुर्याएको छ ।

बाँधस्थलको निर्माण पूरा भएको हुँदा यस क्षेत्रमा बाढीले खासै असर नगरेको आयोजना प्रमुख छवि गैरेले बताए । ‘स्याफ्रुबेँसीदेखि निर्माणस्थल वा क्याम्पसम्म पुग्ने सडक पहिरोले पूरै अवरुद्ध भएको छ, यो खोलेर निर्माण सुरु गर्न १०/१५ दिन लाग्ने देखिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यति ठूलो भौतिक क्षति नभए पनि अब कहिलेसम्म विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने यकिन गर्न सकिएन ।’

आयोजनाकाे टेलरेस आउट लेट (पानी निकास हुने मुख वा संरचना) संरचना सय वर्षसम्म आउने बाढीको लेखाजोखा गरी त्यही अनुमानमा निर्माण गरिएका हुन्छन् । तर, त्यस्तो आकलन मिलने । अहिले नै सय वर्षसम्म अनुमान गरिएको बाढी आएकोले त्यसकाे सतह नाघेर टेलरेसबाट पानी पसेकाे गैरेले बताए ।

आयोजनाका अनुसार स्याफ्रुबेँसीदेखि उत्तर गढी नाकासम्म जाने फैलुङ खोला, तातोपानी, घट्टेखोला लगायत क्षेत्रमा पहिरो गएको छ । उता आयोजना, ठेकेदार र परामर्शदाताको क्याम्प वरिपरि गएको पहिरो तथा बाढीले बेलीब्रिज बगाउँदा नजिकको दूरीमा समेत आउजाउ गर्न नसकिएको आयोजनाका निर्माण प्रमुख सत्यराम ज्याख्वाले बताए ।

‘अहिले पुँचमार्ग खोल्ने प्रयास भइरहेको छ, बाढीको उच्च बहाबका कारण टेलरेसभित्र लेदो सहितको बाढी पसेको छ,’ उनले भने, ‘पेनस्टक पाइपहरू सुरुङभित्र राखेको हुँदा क्षति पुगेन । ४–५ वटा पेनस्टक सुरुङभित्र लैजानुपर्ने बाँकी रहेको हुँदा फेरि बाढी आयो भने यो बगाउला कि भन्ने चिन्ता छ ।’

वरिपरि पहिरो गएर पहुँचमार्ग नै ध्वस्त भएको हुँदा तत्काल केही गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार टेलरेस (पानी निकास सुरुङ) मा कंक्रिटिङ सकिन करिब ३० मिटरमात्र बाँकी थियो । विद्युत्गृहमा पनि पानी पसेको छ तर ठूलो क्षति भएको छैन । विद्युत्गृहमा टर्बाइन जडान गर्ने सतह १६१५.२ मिटर हो तर १६२० मिटरसम्म नै पानी भरिएको उनको भनाइ छ ।

धेरैजसो सामानहरू सुरुङभित्र तथा विद्युत्गृहमा राख्ने काम भइरहेको र केही बाँकी रहेका छन् । अबको झरी र बाढीले बाँकी उपकरण बगाउने त्रास रहेको ज्याख्वाले दोहोर्याए । बाढीले बाँधस्थलमा रहेका निर्माण सामग्री सबै बगाएको । सिभिलतर्फ समस्या नरहे पनि हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण ढुवानी तथा जडानमा ठूलो समस्या निम्तिएको छ ।

बर्खा भर्खर सुरु भएको हुँदा यो सकिँदासम्म कुन कुन ठाउँमा के के असर हुन्छ, यकिनसाथ भन्न सक्ने अवस्था छैन । त्यहीँ रहेका कामदारबाट विद्युत्गृहको पानी फालेर काम जोखिमको अवस्था हेरेरमात्र काम गर्न सकिने ज्याख्वाको भनाइ छ ।

गत वर्षको बर्खा र बाढीले पनि बाँधमा ठूलो असर परेको थियो । त्यस क्षेत्रको भौगोलिक अवस्था कमजोर रहेको हुँदा हरेक वर्ष बर्खामा पहिरोले सर्ज ट्यांक, सहायक सुरुङ लगायत ठाउँमा जाने पहुँचमार्ग भत्किने गरेको छ । भत्किएको सडक मर्मत गर्दै काम अगाडि बढाउँदा पनि निर्माणमा बढी समय लाग्ने गरेको देखिन्छ ।

याे पनि पढ्नुहाेस्

रसुवागढीको निर्माण ७ वर्षमा ८० प्रतिशत, अब प्रसारण लाइनले थला पार्दै

रसुवागढीको विद्युत : ‘उज्यालो नेपाल, उज्यालो अभियान’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit