विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौ. । तनहुँमा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकको रूपमा बनाइएको पहुँच सुरुङको निर्माण पूरा भएको छ । यसले लट–१ को ठेकेदारको कामको जिम्मेवारी घटाएको छ ।

पहुँचमार्गको रूपमा बाँधसम्म पुग्ने बाटो तयार भएको हुँदा लट–१ को भियतमानी र नेपालको कालिका कन्स्ट्रक्सनले तुरुन्तै काम सुरु गर्न सक्ने भएका छन् । आगामी जुलाई पहिलो वा दोस्रो साताबाट बाँधस्थलमा ठेकेदार परिचालन गर्ने तयारी छ । बाँधसम्म पुग्ने बाटो बनिसकेको हुँदा ठेकेदार आउनासाथ काम सुरु गर्न सक्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए ।

बाहिर भौगोलिक अवस्था प्रतिकूल रहेको अर्थात् भीर पहरो भएका कारण बाटोको रूपमा ३१५ मिटर सुरुङमार्ग निर्माण गरिएको छ । योसँगै ८०० मिटरको पहुँचमार्गको कामसमेत पूरा भएको थिकेले जानकारी दिए । पहुँच सुरुङको काम २०७७ माघ १ गतेबाट सुरु गरिएको थियो ।

बाँधसम्म पुग्ने पहुँच सडक र सुरुङमार्गको काम सकिएको र अहिले धमाधम विद्युतगृह खन्ने काम भइरहेको आयोजना प्रमुख अच्युत घिमिरेले बताए । ‘लट–१ को काम बाँध निर्माण गर्ने र नदी फर्काउने हो,’ उनले भने, ‘अब ऊ आउने वित्तिकै काम सुरु गर्न सक्छ ।’

पहिलो प्याकेज अर्थात् पानी फर्काउने, बाँध निर्माण लगायत काम गर्न गत चैत ९ गते (सोमबार) सोङ दा कन्सट्रक्सन भियतनाम र कालिका कन्सट्रक्सनले संयुक्तरूपमा ठेक्का पाएका छन् । तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइनको पनि काम भइरहेको छ । पहिलो, दोस्रो र तेस्रोको समष्टिगत प्रगति अहिलेसम्म ३० प्रतिशत पुगेको छ ।

अहिले दोस्रो प्याकेजको विद्युत्गृह, सर्ज ट्यांक, पहुँच सुरुङ (विद्युत्गृहमा जाने पहुँचमार्ग), टेलरेस (पानी निकास) सुरुङ लगायत क्षेत्रको काम भइरहेको छ । यस्तै, प्रसारण लाइनतर्फ अहिलेसम्म २६ वटा टावर निर्माण गर्न जग तयार भइसकेको छ ।

पहिलो प्याकेजको २०७५ असोज १५ गते ठेक्का सम्झौता भई काम सुरु भए पनि इटालियन ठेकेदार सिएमसी दि राभेना सोसाइट को–अपरेटिभलाई त्यहाँको सरकारले आर्थिक रूपमा टाट पल्टेको घोषणा गरेपछि उससँगको ठेक्का रद्द गरिएको थियो । यसपछि, दोस्रो वा तेस्रो पटक ठेक्का आह्वान गरी सम्झौता गर्दा करिब साढे २ वर्ष गुज्रेको छ ।

दुवै प्याकेजको काम ठेक्का सम्झौता भएको मितिबाट सुरु भई करिब ५ वर्षमा पूरा गर्नुपर्ने सर्त छ । पहिलो र दोस्रो प्याकेजको निर्माण पूरा गर्न २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँमा विद्युत् किन्ने गरी तनहुँ हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ ।

टेक अर पे (लिउ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यबृद्धिको व्यवस्था गरिएको छ । आयोजनाबाट २०८१ चैत मसान्तभित्र विद्युत् उत्पादन हुनुपर्नेछ । उत्पादित विद्युत् विद्युत्गृहबाट ३३.६ किलोमिटर टाढा २२० केभीको न्यू भरतपुर सबस्टेसनमा जोडिनेछ ।

कूल ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसहित) लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत विकास साझेदार निकायको लगानी छ ।

आयोजनामा एडिबीको १५ करोड अमेरिकी डलर, जाइकाको १८.४० करोड डलर युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले ८.५० करोड डलर र सरकार तथा प्राधिकरणले ८.७० करोड डलर लगानी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit