विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रसारण लाइन समस्याले हिमालयन ऊर्जा विकास कम्पनीको मासिक ६ कराेड ४९ लाख रुपैयाँ बढी आम्दानी गुमिरहेकाे छ । कम्पनीले रामेछापमा निर्माण गरेका २ आयोजनाको १९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन नसक्दा विद्युत बिक्रीबाट हुने आम्दानी गुमिरहेको हो ।

१२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती निर्माण सम्पन्न भई विद्युत उत्पादनको चरणमा पुगिसकेका छन् । दुवै आयोजनाको उपकरण तथा संरचना परीक्षण भइसकेको छ ।

विद्युत प्रवाह हुने १३२ केभी खिम्ती–गर्जाङ प्रसारण लाइन पूरा भइनसकेकाले उत्पादन सुरु गर्न नपाएको आयोजना व्यवस्थापक सरोजकुमार उपाध्यायले बताए । ‘नेपाल विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन बनाइदिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजना सम्पन्न गरेर चुप लागेर बस्नु परेको छ । आम्दानी खोलामा बगेको बग्यै छ ।’

उनले उपल्लो खिम्तीको विद्युत खेर जाँदा मासिक साढे ३ करोड रुपैयाँ आम्दानी गुमिरहेको बताए । माथिल्लो खिम्तीको पनि मासिक २ करोड ८३ लाख रुपैयाँ बराबरको आम्दानी गुमिरहेको छ ।

विद्युत प्रसारण प्रणालीमा जोडिने हो भने कम्पनीले विद्युत बिक्रीबाट उपल्लो र माथिल्लो खिम्तीले वार्षिक ७८ करोड रुपैयाँ आम्दानी गर्न सक्छन् । जसमा उपल्लो खिम्तीले ४४ करोड र माथिल्लो खिम्तीले ३४ करोड रुपैयाँ आम्दानी गर्न सक्छ ।

उनले प्राधिकरणले अबको ३ महिनामा प्रसारण लाइन तयार गर्ने प्रतिबद्धता जनाए पनि सबस्टेसनको धेरै काम बाँकी रहेकाले सम्भवन नहुने दाबी गरे । प्राधिकरणले तोकेको ३ महिनामा प्रसारण लाइन र सबस्टेसनको निर्माण पूरा भए पनि यो अवधिमा कम्पनीको २७ करोड आम्दानी गुमिसक्ने पनि उपाध्यायले बताए । 

दुई आयोजना सम्पन्न गर्न करिब ३ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ । उपल्लो र माथिल्लो खिम्ती जस्तै समयमा प्रसारण लाइन नबन्दा २५ मेगावाटको सिंगटी, २३.५ मेगावाटको सोलु १० मेगावाटको सिप्रिङ खोलालगायत आयोजनाको विद्युत पनि खेर गइरहेको छ । 

प्रसारण लाइन समयमा पूरा नभएकै कारण निर्माणाधीन दर्जनौ जलविद्युत आयोजनाले पटक–पटक उत्पादन म्याद थप गर्दै आएका छन् । सरकारले विद्युत प्रवाहलाई सहज बनाउन प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेपनि काम भने सुस्त छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit