विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले प्रदेश–१ को संखुवासभामा प्रस्तावित २२० केभी डबल सर्किट तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन निर्माण गर्दा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा राय/सुझाव मागेको छ । विभागले प्रस्तावित प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र दिनुअघि स्थानीय क्षेत्रमा पर्न सक्ने प्रतिकुल प्रभावबारे सम्बन्धित सरोकारवालासँग लिखित राय/सुझाव मागेको हो ।

विभागले ३५ दिने सूचना निकालेर १३.६१५ किलोमिटर लाभो प्रसारण लाइन  निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने देखिएमा त्यस सम्बन्धमा आफ्नो कार्यालय वा नेपाल विद्युत प्राधिकरणमा लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली, २०५० को नियम १३ भएको व्यवस्था बमोजिम विद्युत प्राधिकरणले प्रसारण लाइनको निर्माण अनुमतिका लागि आवेदन दिएकाले सम्बन्धित सरोकारवालाबाट राय/सुझाव मागिएको विभागले जनाएको छ । विद्युत प्राधिकरणले यो प्रसारण लाइन आयोजनाको अध्ययन पूरा गरिसकेको छ ।

विद्युत प्राधिकरणले अध्ययन पूरा गरेर निर्माण अनुमतिका लागि विभागमा आवेदन पेश गरेको थियो । भोजपुर र संखुवासभामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न शीतलपाटी सबस्टेसनदेखि तुम्लिङटारसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

यो २२० केभी कोसी कोरिडोरको सहायक प्रसारण लाइन आयोजना हो । यो प्रसारण लाइन निर्माण सम्पन्न हुँदा ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । विद्युत प्राधिकरणले शीतलपाटी सबस्टेसनमा जोडिने गरी यसअघि नै ४ सय मेगावाटका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । 

पिपिए भइसकेका यी आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । प्रसारण लाइन आयोजना अन्तर्गत जिल्लाको खाँदबारी–१० शीतलपाटीमा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण हुनेछ । 

प्रसारण लाइनका लागि ४२ वटा टावर निर्माण हुनेछन् । विद्युत प्राधिकरणले प्रसारण लाइन आयोजना निर्माण गर्न ५१.५०२५ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसमा १३.९३७ हेक्टर शीतलपाटी सबस्टेसन र प्रसारण लाइनको टावर राख्नका लागि आवश्यक पर्ने देखिएको छ । बाँकी ३७.५६५५ हेक्टर ‘राइट अफ वे’ का लागि उपयोग हुनेछ ।

विद्युत प्राधिकरणले निर्माण सुरु भएको ३ वर्षमा प्रसारण लाइनको काम सम्पन्न भरी सञ्चालनमा ल्याउनेछ । २०७० सालमा यो प्रसारण लाइन निर्माण गर्ने अवधारण बनेको थियो । प्रसारण लाइनको शीतलपाटी सबस्टेसनमा जोडिने गरी पिपिए भएका १५ जलविद्युत आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

यी आयोजनाले उत्पादन गर्ने विद्युत यही प्रसारण लाइन हुँदै कोसी कोरिडोरको तुम्लिङटार सबस्टेसनसम्म पुर्याइनेछ । पहिले कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झौता भएका केही जलविद्युत आयोजना शीतलपाटीमा जोडिनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit