विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणकै ढिलासुस्तीले सिन्धुलीको मरिण गाउँपालिकाका अधिकांश वडामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एक वर्षअघि नै ठेक्कापट्टा भएर काम अगाडि बढाइए पनि प्राधिकरणले आवश्यक उपकरण ढुवानी नगर्दा कामले गति लिन नसकेको हो ।

ठेकेदारले एक वर्षअघिदेखि काम सुरु गरे पनि पोल, तारलगायत उपकरण उपलब्ध गराउन नसक्दा लक्षित योजना अनुसार प्रगति हुन नसकेको प्राधिकरण सिन्धुली वितरण केन्द्र प्रमुख विनोदकुमार अधिकारीले स्वीकारे । ‘पालिका अन्तर्गत विद्युतीकरण गर्न २०७८ चैतमा नै ठेकेदार चन्द्रकुमारी देवी अजिमा र मरिण कन्ट्रक्सन लिमिटेडसँग सम्झौता भएको थियो’, उनले ऊर्जा खबरसँग भने, ‘तर, प्राधिकरणकै बेवास्ताका कारण ठेकेदारले लाइन विस्तारको कामलाई निरन्तरता दिन सकेन ।’

‘अहिले आवश्यक उपकरण आयोजनास्थलमा लैजाने काम भइरहेको छ, आगामी ८ महिनाभित्र पालिका अन्तर्गत करिब १५०० घरधुरीमा बिजुली पुर्याउन योजनाअनुरुप ११ केभी लाइन विस्तार द्रुग गतिमा अघि बढाइनेछ ।’

ठेक्का सम्झौताअनुसार ९ महिनाभित्र विद्युतीकरणको काम पूरा गर्नुपर्ने तालिका थियो, तर, प्राधिकरणकै कमजोरीले गर्दा काम अघि बढ्न नसकेको ठेकेदार एकल स्याङ्तानले बताए । ‘प्राधिकरणले समयमा सामान उपलब्ध गराउन नसकेका कारण कामले निरन्तरता पाएको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले बल्ल पोलहरू पठाउन थालेको छ र हामीले पोलहरू आयोजनास्थलमा पुर्याउने काम सुरु गरेका छौ ।’

‘बारम्बार लाइनका लागि आवश्यक उपकरण तथा सामान माग गर्दा पनि प्राधिकरणले उपलब्ध नगराउँदा यस क्षेत्रका स्थानीय अध्यारो वा रुपटफ सोलारको भरमा बस्न बाध्य भएका छन्’ उनले थपे । अब, काम सुरु भएकोले राष्ट्रिय प्रसारण ग्रिडको विद्युत जाेडिने र जनजिवन सहज हुने आशा पलाएकाे बताए ।

२०७८ सालमा नै पालिका अन्तर्गत सम्पूर्ण वडामा विद्युतीकरण गर्नका लागि बजेट विनियोजन भएको सिर्थौलिका स्थानीय नबीन क्याप्छाकी मगरले बताए । ‘बजेट विनियोजन गरेकै वर्षमा प्रसारण लाइनका सम्पूर्ण काम सकाउनु पर्ने थियो’, उनले भने, ‘काम पनि सुरु गरेका थिए, तर, बीचमा विविध कारण देखाउँदै काम नै स्थगित गरेका थिए ।’ अहिले बाँकी काम सुरु गरेको मगरले बताए ।

‘हाम्रो गाउँभन्दा करिब ४ किलोमिटर दुरीमा रहेको माथिल्लो सखौरिमा विगत एक वर्षदेखि बिजुली बलिरहेको छ, हामी भने अन्धकारमा बस्न बाध्य छौं’ उनले थपे ।

सिर्थौलीमा रुपटप सोलार भए पनि यसबाट २/३ वटा मात्र बत्ति बाल्न मिल्ने स्थानीय पवन वाइबाले बताए । ‘गाउँमा मिल, कुखुरा फार्मलगायत सानो उद्योगहरू सञ्चालन गर्न समस्या छ’, उनले भने, ‘घाम नलागेको समयमा सोलारले पनि काम गर्दैन, डिजेलबाट सञ्चालन गर्नुपर्छ, डिजेल लिन जानुलाई एक दिन लाग्छ ।’ हामीसँग राष्ट्रिय विद्युत प्रसारण लाइन पनि छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ’ उनले थपे ।

गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन् । सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा टावरले खासै काम नगर्ने स्थानीयवासीको गुनासो छ । यो पालिकाअन्तर्गत २५ प्रतिशत घरधुरीमा मात्र बिजुली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit