विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डेडिकेटेड तथा ट्रंक लाइन विवाद

काठमाडौं । ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत् महसुल नतिर्ने उद्योगहरूको बिजुलीको लाइन काटिने भएको छ । प्राधिकरणले बारम्बार ताकेता गर्दा पनि बक्यौता नबुझाउने उद्योगको लाइन काट्न लागिएको हो । 

विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले बक्यौता राख्ने जुनसुकै उद्योगको लाइन काट्न निर्देशन दिएपछि लाइन काट्ने तयारी गरिएको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । 

‘अब हामी कार्यकारी निर्देशकसँग पनि बसेर एक पटक छलफल गर्छाै । के कस्तो अवस्था छ, बुझ्छौ,’ उनले भने, ‘एक पटक प्राधिकरणको आन्तरिक छलफलपछि लाइन काट्न सुरु गर्छाै’ । उद्योगी तथा व्यवसायीले हालसम्म डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब १६ करोड भन्दा बढी रकम प्राधिकरणलाई तिर्न बाँकी रहेको पनि सिलवालले बताए ।  

२०७२ सालमा नेपालमा चरम ऊर्जा संकट हुँदा पनि प्राधिकरणले उद्योग तथा कलकारखानालाई सहज रुपमा विद्युत आपूर्ति गर्नका लागि डेडिकेटेड र ट्रंक लाइन सुविधा उपलब्ध गराएको थियो । 

२०७५ सालमा लोडसेडिङ अन्त्य भयो ।  यो सँगै २०७७ असार १ गतेबाट डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी रकम बुझाउनुपर्ने व्यवस्था नै हट्यो । यो पछि  प्राधिकरणले बक्यौता भुक्तानी गर्नुपर्ने बताएपनी उद्योगीले तिर्न मानेका थिएनन् । उद्योगी व्यवसायी र प्राधिकरणबीच यो विषयमा लामो समय देखि विवाद चल्दै आएको थियो ।  हालसम्म ५८ वटा उद्योगले बक्यौता भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३